प्रेस युनियन पाँचथरद्वारा ५० प्रेस ज्याकेट बितरण

Share This
  •  
  • 15
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    15
    Shares
प्रेस  युनियन पाँचथरद्वारा ५० प्रेस ज्याकेट बितरण

फिदिम । नेपाल प्रेस युनियन पाँचथर शाखाले जिल्लाका पत्रकारलाई निशूल्क प्रेस ज्याकेट वितरण गरेको छ । पत्रकारलाई रिपोर्टिङ गर्न सहज होस् भन्ने उद्धेस्यले युनियनले जिल्लामा क्रियाशिल पत्रकारलाई ज्याकेट बितरण गरेको हो ।

युनियन पाँचथरकाे शुक्रबार बसेको बैठकले जिल्लाका सबै क्रियाशिल पत्रकारलाई निशूल्क रुपमा ज्याकेट प्रदान गर्ने निर्णय गरेपछि ज्याकेट बितरण गरिएको अध्यक्ष भीमकुमार बाँस्कोटाले बताए । युनियनमा आबद्ध क्रियाशिल पत्रकारलाई शुक्रबार नै ज्याकेट प्रदान गरिएको हो । ‘पाँचथरका ५० जना पत्रकारलाई ज्याकेट बितरण गर्ने अध्यक्ष बाँस्कोटाले बताए । लकडाउन जस्तो असहज परिस्थितिमा पहिचान नखुलेकै कारण पत्रकारहरु समस्यामा पर्ने गरेको थिए ।