देउमाई नगरपालिकाको मंगलबारे बजार सहित पाँच वडा सिल

इलाम भाद्र १

इलामको देउमाई नगरपालिकाको विभिन्न वडामा आइतबार राती १२ बजेबाट सिल गरेको छ । इलाका प्रहरी कार्यालय मंगलबारेका एक जना प्रहरीमा कोरोना पोजेटिभ पुष्टि भएपछि समुदायमा कोरोना संक्रमण फैलन नदिन नगरको ३ , ४ ,५, ८ र ९ नम्बर वडा सिल गरेको हो । देउमाई नगरपालिकाको कोरोना रोकथाम तथा नियन्त्रण आपतकालिन समितिको आज बसेको बैठकले ती क्षेत्र सिल गर्ने निर्णय गरेको हो ।
नगरको क्वारेन्टिन, संक्रमणको सम्भावना रहेका व्यक्तिहरुको नमुना स्वाब संकलन गरी पठाइएकोमा एकजना सुरक्षाकर्मीको रिर्पोट पोजेटिभ आएको हो । संक्रमितको कन्ट्रयाक टे«सिङको आधारमा स्वाब संकलन गरी परीक्षण गरि रिपोर्ट नआउजेल सम्मका लागि यी वडाहरुमा सिल गरिने नगर प्रमुख सुर्य पोख्रेलले बताउनु भयो । मंगलबारे प्रथमिक स्वस्थ्य केन्द्रको आपतकालिन सेवादेखि बाहेका सेवा अर्को सूचना जारी नभए सम्मका सम्मका लागि बन्दगर्ने निर्णय गरेको छ ।
देउमाई नगरपालिका नगरकार्यापालिकाको कार्यालय तथा शाखा कार्यालय ,वडा कार्यालयहरू, नगरपालिकाको क्षेत्रमा रहेका सम्पूर्ण सरकारी कार्यालय,बैंक वित्तीय कार्यालय सहकारी तथा सम्पूर्ण सेवा प्रदायक संस्थाहरूबाट प्रदान गरिने अत्यावश्यक सेवा देखि बाहेकका सम्पूर्ण सेवाहरू बन्दगर्ने निर्णय गरेको छ ।