logo
  • २०८३ जेष्ठ २, शनिबार | Sat, 16 May 2026
  • डा गोविन्द केसीका पक्षमा प्रदर्शन र धरपकड

    • निगरानी
    • २०७७ आश्विन १०, शनिबार १४:२४ गते
    डा गोविन्द केसीका पक्षमा प्रदर्शन र धरपकड

    काठमाडौं- अनसनरत डा गोविन्द केसीको पक्षमा काठमाडौंको माइतीघरमा प्रदर्शन गरिएको छ। कतिपय प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको भए पनि उपस्थित अन्यले डा केसीको पक्षमा नारा लगाएका छन्।

    प्रदर्शनकारीले ‘डा गोविन्द केसीको माग पूरा गर’, ‘डा गोविन्द केसीको जीवनरक्षा गर’, ‘लुटतन्त्र मुर्दावाद’, ‘हामी गोविन्द केसी, ‘तानाशाहीतन्त्र मुर्दावाद’, ‘डा केसीको अनसन, माफियालाई टेन्सन’लगायतका नारा लगाउनका साथै प्लेकार्ड पनि बोकेका थिए।

    प्रहरीले प्रदर्शनकारीलाई नियन्त्रणमा लिए पनि उनीहरूले डा केसीका पक्षमा र सरकारका विरुद्धमा नाराबाजी चर्काइरहेका थिए। 



    निगरानी    
  • २०७७ आश्विन १०, शनिबार १४:२४ गते
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP