logo
  • २०८१ चैत्र ६ | Wed, 19 Mar 2025
  • कोरोनासंग जोगिदै म्ह पुजा

    कोरोनासंग जोगिदै म्ह पुजा

    फिक्कल : नेवार समुदायले प्रत्येक बर्ष सामूहीक रुपमा आयोजना गर्ने गरेको आत्म (म्ह) पूजा आज सम्पन्न भएको छ ।
    कोरोनाको त्रासबाट जोगिदै सूर्योदय नगरपालिका भित्रका नेवार समूदायका नागरिकले फिक्कल माध्यमिक विद्यालयको प्राङ्गणमा पुजा सम्पन्न गरेको आयोजक समितिका सचिव युवराज प्रधानले जानकारी दिए ।
    आत्मा नै सबैभन्दा ठूलो हो भन्ने मान्यताअनुसार म्ह पूजा गर्ने परम्परा बसेको हो ।
    सो अवसरमा नेपाल सम्वत् ११४१ को अवसरमा नयाँ बर्षको स्वागत र शुभकामना आदान प्रदान कार्यक्रम समेत सम्पन्न भएको थियो ।

    नेवाः देय्ः दबू सूर्योदय नगरसमितिको आयोजना तथा नेवास् ल्याम्ह दबूः सूर्योदय नगरसमितिको संयोजनमा कार्यक्रम सम्पन्न भएको हो ।



    निगरानी    
  • २०७७ कार्तिक ३०, आईतवार १५:१७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP