logo
  • २०८१ चैत्र १४ | Thu, 27 Mar 2025
  • इलाम नगरपालिकामा प्रत्यक्ष शिक्षण नगर्न निर्देशन

    इलाम नगरपालिकामा प्रत्यक्ष शिक्षण नगर्न निर्देशन

    इलाम बैशाख १३ कोरोना भाइरस संक्रमितहरु बढ्दै जान थालेपछि इलाम नगरपालिकाका विद्यालयहरुमा प्रत्यक्ष शिक्षण नगर्ने निर्णय गरेको छ ।सोमबार बसेको नगर शिक्षा समितिको बैठकले संक्रमणको जोखिम दिनानुदिन बढ्दै गएको कारण प्रत्यक्ष शिक्षण नगर्ने निर्णय गरेको हो सुचना जारी गरेको छ ।

    बैंशाख २० गतेदेखि परीक्षा सञ्चालन गर्ने भनिएकोमा विद्यालय व्यवस्थापन समितिको निर्णयबाट त्यस अगावै परीक्षा सञ्चालन गर्न पनि नगरले विद्यालयहरुलाई निर्देशन दिएको छ । इलाम नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले सुचना जारी गर्दै कोरोना भाइरसको संक्रमणको जोखिम बढ्दै गएकाले विद्यालयमा भौतिक रुपमा प्रत्यक्ष उपस्थित भएर सिकाइ  सहजीकरण गर्न असहज भएको जनाएकाे छ ।

     बिधालयलाई स्वास्थ्य सम्बन्धी सम्पूर्ण मापदण्ड अपनाएर विद्यालयको वार्षिक परीक्षा सञ्चालन गर्न पनि निर्देशन दिइएको छ । कक्षा ८ को बार्षिक परिक्षा नगर स्तरिय परीक्षा समितीको निर्णय अनुसार जानकारी गराइने भएको छ ।



    निगरानी संवाददाता    
  • २०७८ बैशाख १४, मंगलवार ००:४५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP