सुनगाभा सहकारीको अध्यक्षमा पौड्याल

सुनगाभा सहकारीको अध्यक्षमा पौड्याल

सुनगाभा बचत तथा ऋण सहकारी संस्था इलामको अध्यक्षमा गोपाल पौड्याल चयन हुनभएको छ । संस्थाको १८ औं बार्षिक साधारण सभा तथा आठौं अधिबेशन बाट पौडेलको अध्यक्षमा संचालक समिति सर्वसम्मत चयन भएको हो । संस्थाको उपाध्यक्षमा चन्द्रमणि भटटराई, सचिबमा नविन लामिछाने, कोषाध्यक्षमा बालकृष्ण बस्नेत चयन हुनुभएको छ । यस्तै सदस्यहरुमा यसोदा देवान, जीवन कोइराला, सुमन दास, निर्लजा खड्गी र गंगा उप्रेतीलाई चयन गरेको छ । यसैगरी गणेश अधिकारीको संयोजकत्वमा तीन सदस्यिय लेखा समिति समेत सर्वसम्मत चयन गरेको छ । समितिको सदस्यहरुमा चुडामणि गुरागाइँ र टिकाराम उप्रेती रहनु भएको छ । अधिबेशन पूर्व सम्पन्न साधारण सभामा संस्थाका अध्यक्ष ईश्वर सुवेदीले बार्षिक प्रगति प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो । यस्तै संस्थाका सचिब नरेन्द्र खड्काले संस्थाको प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो भने कोषाध्यक्ष गोपाल पौड्यालले ११ करोड ९० लाख २० हजार रुपैंयाँ बराबरको आर्थिक प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो । यसैगरी संस्थाका लेखा समितिको तर्फबाट लेखा संयोजक गणेश अधिकारीले लेखा समितिले तयार पारेको प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो । संस्थाका २५ जना जेष्ठ सदस्यलाई सम्मान गरीएको थियो । यस्तै संस्थाका शेयर सदस्य मध्ये जेनिल ताम्राकारले उत्कृष्ठ बाल बचतकर्ता, कमला श्रेष्ठले उत्कृष्ठ मासिक बचतकर्ता, पासाङ डोमा शेर्पाले उत्कृष्ठ दैनिक बचतकर्ता, शान्तमाया लिम्बूले उत्कृष्ट शेयर खरिदकर्ता र गम्भिर लिम्बूले उत्कृष्ट ऋणि सदस्यको रुपमा पुरस्कृत तथा सम्मानित हुनुभएको छ । यस्तै गतबर्षको एसइइ परिक्षामा उत्कृष्ट जिपिए ल्याउने संस्थाका शेयर सदस्यका छोराछोरीमध्ये प्रशान अधिकारी, हिमाल गुरागाइँ र प्रेरणा शाहिलाई पनि नगद पुरस्कार सहित प्रशंसा पत्र प्रदान गरेको छ । इलाम नगरपालिकालाई कार्यक्षेत्र बनाएर काम गर्दै आएको यस सहकारी संस्थामा हालसम्म ९ सय ८३ जना शेयर सदस्यहरु रहेका छन् । धितो मूल्याङ्कन, ऋण स्विकृत, शिक्षा र महिला उद्यमशिलता बिकास सहित चारवटा उपसमिति बनाएर काम गर्दै आएको सुनगाभा बचत तथा ऋण सहकारी संस्थाले संस्थाका शेयर सदस्यलाई बिभिन्न क्षेत्रमा सहयोग पुरयाउँदै आएको छ । शेयर सदस्यका लागि प्रोत्साहनका कार्यक्रमहरु समेत राखेर काम गर्दै आएको संस्थाले जनाएको छ ।