रेडियो नेपालवाणी एफएमको सञ्चालक समिति अध्यक्षमा लक्ष्मण पाण्डे

रेडियो नेपालवाणी एफएमको सञ्चालक समिति अध्यक्षमा लक्ष्मण पाण्डे

शान्ति सञ्चार सहकारी संस्था र इलाम सामुदायिक सञ्चार केन्द्रद्धारा संचालित रेडियो नेपालबाणि एफएम इलामको नयाँ सञ्चालक समिति चयन भएको छ । संस्थाको आज साधारण सभा तथा अधिबेशनले सर्बसम्मत रुपमा लक्ष्मण पाण्डेको अध्यक्षतामा ११ सदस्यिय सञ्चालक समिति गठन गरेको हो । समितिको उपाध्यक्षमा लिला प्रसाद थापा, सचिबमा अर्जुन पोख्रेल र कोषाध्यक्षमा रिता अधिकारी सुबेदीलाई चयन गरेको छ । यस्तै सदस्यहरुमा डिल्लि खनाल, बिष्णु मिश्र, हरि सुबेदी, प्रकाश कडरीयाँ, हेमन्त गौतम, बबिता लिङदम र तीर्थ निरौला रहनु भएको छ । यसैगरी गोपाल पौडयालको संयोजकत्वमा तीन सदस्यिय लेखा समित चयन गरेको छ । जसको सदस्यहरुमा कृष्ण बस्नेत र सरस्वती श्रेष्ठ रहनु भएको छ ।