सूर्योदयका युवाले कन्याममा वृक्षरोपण गरे

सूर्योदयका युवाले कन्याममा वृक्षरोपण गरे

सुर्योदय नगरपालिकाका युवाले वृक्षरोपण गरेका छ्न । नवगठित युवाहरुको समूह “हामी सुर्योदयका युवा” ले आज पर्यटकीय स्थल कन्याममा आफ्नो समुहको पहिलो कार्यक्रम स्वरुप सुर्योदय नगरपालिकाको समोनयमा बृहत वृक्षरोपण कार्यक्रम सम्पन्न गरेको छ। सुर्योदय नगरपालिकाका नगर प्रमुख रणबहादुर राईको बिशेष उपस्थिति रहि थालनी गरिएको उक्त कार्यक्रममा वडा न.१ का वडा अध्यक्ष राजकुमार सेरेङ्ग, खगेन्द्र वास्तोला लगायत १४ वटै वडाका युवाहरुको उपस्थिति रहेको थियो। ३ लाख बिरुवा नगर क्षेत्रभित्र रोप्ने नगरपालिकाको योजना अन्तर्गत आज करिब २०० को संख्यामा विभिन्न प्रजातिको गुराँसको बिरुवा रोपन कार्य सम्पन्न भएको समुहमा आवद्ध युवा प्रकाश अभिलासीले बताउनु भयो । कोभिड १९ संक्रमण बड्दो अवस्थालाई मध्यनजर गर्दै सबै क्षेत्रबाट युवाहरुलाई वृक्षरोपणको लागि आह्वान गर्न नसकिएको युवा सागर ढुंगानाले जनाउनु भयो। आज भएको थालनी कार्य स्वागत योग्य रहेको र आगामी दिनहरुमा युवाहरूको हरेक सकारात्मक कार्यमा नगरपालिकाको तर्फबाट सदैव साथ सहयोग रहने नगरप्रमुख राइले बताउनुभयो । यता लकडाउनको समयमा सामाजिक सन्जालमा सिमित रहेका युवाहरुले गठन गरेको यो समुह मा रहेर सामाजिक कार्यमा उत्सुक भएका युवाहरुको साथमा यस्तो सुन्दर कार्य गर्न पाउदा आफुलाई पनि खुशी लागेको र साथ सहयोग निरन्तर गर्दै जाने युवा चेतन अधिकारीले बताउनु भएको छ ।