logo
  • २०८१ मंसिर १९ | Wed, 04 Dec 2024
  • ‘जसुदा स्मृति ‘ पुरस्कारद्वारा इलामका अग्रज पत्रकार सुसेली पुरस्कृत

    • Avatar विचार
    • २०७८ कार्तिक १८, बिहीबार १७:२२
    ‘जसुदा स्मृति ‘ पुरस्कारद्वारा इलामका अग्रज  पत्रकार सुसेली पुरस्कृत


    इलाम , कार्तिक १८ । यस बर्षको ‘जसुदा स्मृति ‘ पुरस्कार इलामका अग्रज पत्रकार सोमनाथ सुसेलीलाई प्रदान गरिएको छ  । इलाममा जन्मनु भएकी  पत्रकार जसुदा खाकीको स्मृतिमा उहाँको पति वरिष्ठ पत्रकार पुष्पराज प्रधान सहित  परिवारलले स्थापना गरेको पुरस्कर बाट सुसेली पुरस्कृत हुनु भएको हो ।
    ११३ औं महाकवी लक्ष्मिप्रसाद देवकोटाको जन्मजयन्ती तथा बुद्धिप्रसाद घिमिरे स्मृति दिवसको अवसरमा साहित्यक कला तथा संगित प्रतिष्ठान इलामले आयोजना गरेको कार्यक्रममा भानु प्रतिमा संरक्षण तथा साहित्य संवद्र्धन समितिले पुरस्कार प्रदान गरेको हो ।पत्रकार सुसेलीलाई नगद एघार हजार रुपैंयाँ सहित दोसल्ला ओढाएर सम्मान पत्र प्रदान गरीएको थियो ।
    जिल्ला समन्वय समितिका प्रमुख गणेश बराल, इलाम नगरपालिकाका मेयर महेश बस्नेतले सम्मान पत्र र दोसल्ला सहित पुरस्कर प्रदान गरेका थिए ।
    जसुदा खाकीको स्मृतिमा भानु प्रतिमा संरक्षण तथा साहित्य संवद्र्धन समिति इलामद्वारा स्थापित सो पुरस्कारबाट यसअघि बालिका थपलिया र अन्वेश थुलुङ सम्मानित भइसकेका छन ।
    सुसेलीले २०४७ सालदेखि  झापाबाट प्रकाशित पत्रिका ‘साप्ताहिक विचार’बाट पत्रकारिता सुरुवात गर्नु भएको थियो ।
    नेपाल पत्रकार महासंघ इलाम शाखाका पूर्व सभापति एवं पत्रकार महासंघ प्रदेश नम्बर १ का पूर्व उपाध्यक्ष समेत रहेका पत्रकार सुसेलीले  पत्रकार सुसेलीले गोरखापत्र दैनिक, एभिन्यूज टेलिभिजन, इमेज टेलिभिजन र न्युज ट्वान्टी फोर टेलिभिजनसमेत इलाम संवाददाताका रुपमा काम गरिसक्नु भएको छ । हाल रेडियो नेपालवाणी एफएमका स्टेशन म्यानेजर र इलाम एक्सप्रेस दैनिकका प्रधान सम्पादक हुनुहुन्छ ।
    हरेक बर्ष असार २९ गते भानु जयन्तीका दिन प्रदान गरीदै आएको उक्त पुरस्कार कोरोना महामारीका कारण बितरण हुन सकेको थिएन । त्यसैले उक्त पुरस्कार तिहारमा महाकवि लक्ष्मिप्रसाद देवकोटाको जन्मजयन्तीको अवसर पारेर बितरण गरीएको हो ।



    Avatar विचार    
  • २०७८ कार्तिक १८, बिहीबार १७:२२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP