इलाम नगरपालिका सहित देशभरका ७ नगरपालिका उत्कृष्ट

इलाम नगरपालिका सहित  देशभरका ७ नगरपालिका उत्कृष्ट

काठमाडौ । वन वातावरण, जयवायु परिवर्तन बिधातर्फ इलाम नगरपालिका उत्कृष्ट भएको छ। नेपाल नगरपालिका संघले पाँच विधामा ७ नगरपालिकालाई उत्कृष्ट घोषणा गरेको हो । २९औं बार्षिक उत्सवको अवसर पारेर आइतबार संघले उत्कृष्ट नगरपालिका घोषणा गरेको छ।
संघका अनुसार संस्थागत विकास, सेवा प्रवाह तथा वित्तीय सुशासनतर्फ स्याङ्जाको वालिङ र पुतलीबजार नगरपालिका उत्कृष्ट भएका छन् । यस्तै शहरी योजना, पूर्वाधार विकास तथा विपद् व्यवस्थापनतर्फ धादिङको निकलण्ठ नगरपालिका, स्थानीय आर्थिक विकासतर्फ सर्लाहीको हरिवन नगरपालिका उत्कृष्ट घाेषित भएकाे हाे ।
 सामाजिक विकास तर्फ रुपन्देहीको तिलोत्तमा र चितवनको राप्ती नगरपालिका उत्कृष्ट बनेका छन् ।वन वातावरण, जयवायु परिवर्तन बिधातर्फ इलाम नगरपालिका उत्कृष्ट भएको छ।