वायु प्रदूषण रोकथामका लागि इलामे युवालाई सचेत गराउदै स्वच्छ ऊर्जा नेपाल

वायु प्रदूषण रोकथामका लागि इलामे युवालाई सचेत गराउदै स्वच्छ ऊर्जा नेपाल


इलाम : युवाहरूका लागि वायु प्रदुषण सम्बन्धी अभिमुखीकरण कार्यक्रम इलाममा सम्पन्न भएको छ । वायु प्रदुषण कम गर्ने र युवाहरुलाई वायु प्रदूषण सम्बन्धी जानकारी दिइ क्षमता विकास गर्ने उदेश्यले स्वच्छ ऊर्जा नेपालले इलामका युवाहरुलाई लक्षित गरी अभिमुखीकरण कार्यक्रम गरेको जनाइएको छ । अमेरिकी दूतावासको सहयोगमा सबैका लागि सुरक्षित र स्वच्छ हावा (सफा) अभियान अन्तर्गत संचालित कार्यक्रम इलाम सदरमुकाम स्थित अमेरिकन कर्नरमा भएको थियो । स्वच्छ ऊर्जा नेपालकी कार्यक्रम संयोजक वर्षा पराजुलीले युवाहरुलाई वायु प्रदूषण र यसका नकारात्मक असरहरुका बारेमा जानकारी गराउनु भयो । हावा गुणस्तर मापन सेन्सरको बारेमा जानकारी, यसको प्रयोग, तथ्यांकको प्रयोग र अनुगमन गर्न त्रिभुवन विश्वविद्यालयका डा. रमेश सापकोटाले सहभागीलाई जानकारी गराउनु भएको थियो ।

इलाममा हावा गुणस्तर मापन सेन्सर जडान

स्वच्छ ऊर्जा नेपालले त्रिभुवन विश्वविद्यालयको सहकार्यमा इलाम सदरमुकाम स्थित अमेरिकी कर्नरमा हावा गुणस्तर मापन सेन्सर (एयर क्वालिटी मनिटरिङ सेन्सर )े डिभाइस जडान गरेको छ । काठमाण्डौ जस्ता ठुला शहरमा मात्रै हावा प्रदुषित छ भन्ने छ तर काठमाण्डौ बाहिरका शहरमा यसबारे खासै चासो दिइएको छैन । प्रदुषणको अवस्था बारे समयमा जानकारी राखी सर्तकता अप्नाउन नसके पछि समस्या हुने भएकोले सेन्सर जडान गरिएको स्वच्छ ऊर्जा नेपालकी कार्यक्रम संयोजक वर्षा पराजुलीले बताउनु भयो । हावा प्रदुषणको अवस्था बारे समयमा जानकारी लिन र स्थानीय सरकालाई सोही अनुसार वायुप्रदुषणको मात्रा बढ्न गए अवस्था सुधार गर्ने योजना बनाउन सहयोग पराजुली बताउनुहुन्छ ।


इलाममा जडान गरिएको हावा गुणस्तर मापन सेन्सरबाट प्राप्त भएको तथ्यांक र वायुको अवस्था बारे जानकारी दिन अमेरिकी कर्नरका कार्यक्रम अधिकृत हेम प्रसाद पौडेललाई जिम्बेवारी दिइएको छ । युवाहरु र अन्य इच्छुक समुदायलाई लाई सजिलै जानकारी लिन सक्नेछन । सेन्सरको माध्यमबाट उपलब्ध तथ्यांकको आधारमा इलाम नगरपालिकाले आगामी दिनहरुमा वायुको अवस्था बारे जानकारी लिन सक्ने र वायुको अवस्था सुधार गर्ने योजना बनाउन सक्ने जनाइएको छ । आगामी दिनमा इलामका स्थानीय सरोकार वाला सँग अन्तरकृया लगायतका कार्यक्रम गरिने जनाइएको छ ।

यसैबीच सफा अभियान प्ररियोजनाको अलावा वायु प्रदूषण, जलवायु परिवर्तन र अन्य वातावरणीय समस्याहरूमा युवाहरूले के गर्न सक्छन् ? के गरिरहेका छन् ? भन्ने बारे स्थानीय युवाहरूलाई उत्प्रेरित गर्न इलाम सामुदायिक कृषि क्याम्पसमा कार्यक्रम आयोजना गरिएको थियो ।
कार्यक्रममा स्वच्छ ऊर्जा नेपाल, जलवायु कार्यका लागि नेपाली युवाहरु (एन वाइ सिए) काठमाडौं र झापाले इलाम सामुदायिक कृषि क्याम्पसमा अध्ययनरत युवा विद्यार्थीलाई अनुभव आदानप्रदान गरेका थिए ।

युवाहरुलाई वायु प्रदूषण सम्बन्धी जानकारी दिने र युवाहरुको सक्रिय सहभागितामा वायु प्रदुषण कम गर्नको लागि सफा अभियान नेपालको सात ओटै प्रदेशमा संचालन भैरहेको स्वच्छ ऊर्जा नेपालले जनाएको छ । स्वच्छ ऊर्जा नेपाल शहरी यातायत , प्रदुषण नियन्त्रण र जलवायु परिवर्तन प्रभाव न्युनीकरणको लागि कार्यक्रमहरु संचालन गर्दै आएको छ ।