इलाम । बाताबरण संरक्षणमा हाम्रो भुमिका विषयक बक्तृत्वकला प्रतियोगिता सम्पन्न इलाममा सम्पन्न भएको छ । बाताबरण संरक्षणमा नागरिकको भूमिका बारे सचेतना अभिवृद्धि गर्न विद्यार्थीहरुले घर समाजमा समेत सघाउ पु¥याउन सक्ने भएकोले विद्यालय स्तरीय प्रतियोेगिता संचालन गरिएको आयोजकले जनाएको छ । सहयात्रा नेपाल संस्थाको आयोजना र प्रकृति रिसोर्सेस सेन्टर काठमाडौंको सहयोगमा बिद्यालय स्तरीय बक्तृत्वकला प्रतियोगिता इलाम सदरमुकाममा सम्पनन भएको हो । वाताबरण संरक्षणमा हाम्रो भूमिका बिषयमा प्रतियोगितामा चार बिद्यालयका चारजना बिद्यार्थीले सहभागिता जनाएका थिए । इलाम नगरपालिका भित्रका ६ वटा माध्यमिक विद्यालयलाई सहभागी गराउन विद्यालयमा सम्पर्क गरेको भएपनि दुई विद्यालय सहभागी भएनन । इलाम नगरपालिका भित्रका आदर्श मावि, अमर उच्च मावि बरबोटे, सप्तमाई गुरुकुल संस्कृत बिद्यालय बरबोटे र भगवती मावि गोलखर्कका बिद्यार्थीले सहभागिता जनाएका थिए भने पुर्णस्मारक मावि र नेपालटार माविले कार्यक्रम हुने समयमा मात्र उपस्थित हुन नसक्ने जनाएको आयोजकले जनाएको छ ।
प्रतियोगितामा सप्तमाई गुरुकुल संस्कृत बिद्यालयका अनमोल खतिवडा प्रथम, आदर्श माविकी प्रणिता खनाल द्धितिय, अमर माविकि आइशाा घिमिरे तृतिय र भगवती माविका प्रशन राईले सान्त्वना पुरस्कार प्राप्त गरे । प्रथम, द्धितिय, तृतिय र सान्त्वना हुनेले क्रमश ५ हजार, ३ हजार, २ हजार र एकहजार रुपैंयाँ नगद पुरस्कार सहित शैक्षिक सामाग्री प्राप्त गरे ।
संस्थाकी अध्यक्ष हेमकुमारी (गंगा) शिवाको अध्यक्षता एवं इलाम नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष नरेश श्रेष्ठको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा वोल्ने अधिकाँश बक्ताले वातावरण जीवनको अस्तित्वसँग जोडिएको विषय हुँदाहुँदै पनि आज विश्वमा मानवकै कारण थुप्रै समस्या उत्पन्न भई वातावरणमा प्रतिकूलता थपिएको बताउनु भयो । बातावरण संरक्षणका लागि हामि सबैका दायित्व र भूमिका रहनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा डिभिजन वन कार्यालय इलामका प्रमुख दानबहादुर श्रेष्ठ, महेन्द्र रत्न बहुमुखि क्यामपस इलामका सहप्राध्यापक राजेन्द्र बराल, सामुदाियक कृषि क्याम्पसका प्रमुख तथा वाताबरणबिद योगेन्द्रमान श्रेष्ठ , आर्दश माविका प्रधानाध्यापक कुमार पौडेल र भगवति माविका प्रधानाध्यापक डोर कुमार पौडेल लगायतले आ आफनो धारणा राख्नु भएको थियो ।
प्रतियोगितामा डिभिजन वन कार्यालय इलामका प्रमुख दानबहादुर श्रेष्ठ, महेन्द्र रत्न बहुमुखि क्यामपस इलामका सहप्राध्यापक राजेन्द्र बराल, सामुदाियक कृषि क्याम्पसका प्रमुख तथा वाताबरणबिद योगेन्द्रमान श्रेष्ठ निर्णायक मण्डलमा रहनु भएको थियो । इलाम नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष नरेश श्रेष्ठले पुरस्कार वितरण गर्नु भएको थियो ।आगामी दिनहरुमा संस्थाले बिद्यार्थीहरुको क्षमता बिकासलाई अगााडी बढाउँदै वाताबरणसंग सम्बन्धित रहेर यस्ता किसिमको कार्यक्रमहरु स्थानीय सरकारसंगको समन्वय र सहकार्यमा संचालन गर्दै जाने संस्थाले जनाएको छ । संस्थाले वातावरण र जलवायु कार्यहरु बारे समुदाय स्तरमा विभिन्न कार्यक्रम संचालन गर्दै आएको छ ।
प्रतिक्रिया