logo
  • २०८१ आश्विन १७ | Thu, 03 Oct 2024
  • विभिन्न माग सहित निर्माण व्यवसायी संघ इलामले जिल्ला प्रशासनमा बुझायो ज्ञापन पत्र

    विभिन्न माग सहित निर्माण व्यवसायी संघ इलामले जिल्ला प्रशासनमा बुझायो ज्ञापन पत्र

    इलाम : निर्माण व्यवसायी संघ इलामले जिल्ला प्रशासन कार्यालय इलाममा मंगलबार ज्ञापन पत्र बुझाएको छ । लामो समयदेखि विभिन्न निर्माण कम्पनीहरुको निर्माण कार्यको रकम भुक्तानी नगरेको भन्दै आन्दोलनका कार्याक्रम सार्वजनिक गर्दे ज्ञापन पत्र बुझाएको जनाइएको छ ।
    ज्ञापन पत्रमा सबै निर्माण कार्यको भूक्तानी हुनुपर्ने, नेपाल सरकारबाट जारी म्याद थपको आदेशमा संशोधन गरि सम्पूर्ण आयोजनाको एकमुस्ट रुपले म्याद थप गर्न पुन ः आदेश जारी गर्नुपर्ने, अत्याधिक र अप्रत्याशित रुपले भएको मूल्यवृद्धिलाई सम्बोधन हुनेगरी मूल्य समायोजन गरिनुपर्ने उल्लेख छ । रुग्ण आयोजनाहरु अन्योलग्रस्त र बजेट नभई काम हुन नसक्ने र काबु बाहिरका निर्माण कार्य सुविस्ताको आधारमा अन्त्य गर्नुपर्ने, चेक बाउन्स र बैक ग्यारेन्टी जफत गर्ने लगायतका कार्वाही रोकिनुपर्ने, बीमाको प्रिमियम दरमा भएको वृद्धिलाई खारेज गरिनु पर्ने, श्रोतमा कट्टा गरेको अग्रीम आयकर मुल्य अभिवृद्धि करको बाँकी बक्यौता रकम समयमा नियोक्ताले राजस्व खातामा दाखिला गरिनुपर्ने, उपभोक्ता समितिबाट निर्माण कार्य गर्ने व्यवस्था खारेज गर्नुपर्ने, कानूनमा संशोधन गरिनुपर्ने लगायतका माग उल्लेख गरिएको छ । उक्त माग पुरा नभए असार १६ गतेबाट थप सशक्त रुपमा आन्दोलनका कार्यक्रम रहेको निर्माण व्यवसायी संघ इलामका उपाध्यक्षले निरोज राउतले जानकारी दिनु भयो । संघले साउन १४ र १५ गते धर्नाका कार्यक्रम समेत रहेको बताईएको छ ।



    Avatar निगरानी संवाददाता    
  • २०८० श्रावण १०, बुधबार १०:०८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP