इलाम साउन १४ :इलामका निर्माण व्यवसायीहरू जिल्ला प्रशासन कार्यालयमा आज एक घन्टा धर्ना बसेका छन । निर्माण कार्यको बाकी रकम भुक्तानी , म्याद थप , मुल्य समायोजन लगायतका ९ बुँदे माग सहित धर्ना बसेका हुन । निमार्ण व्यवसायी संघ इलामको अगुवाईमा शान्तिपुर्ण रुपमा प्ले कार्ड सहित धर्ना दिएका हुन ।
मागका बिषयमा यस अघि समेत सम्वन्धित पक्षलाई जानकारी गराएको भएप िन बेवास्ता भएपछि चरणबद्ध आन्दोलनमा उत्रीनु परेको निर्माण व्यवसायी संघका कोषाध्यक्ष सन्तोश भक्तराजले बताउनु भयो । व्यवसायीहरुले बीमा निर्देशिका २०७८ खारेज गर्नुपर्ने, जुनसुकै अवधिको ठेक्काको मूल्य समायोजन गर्नुपर्ने, विभिन्न निकायमा काम गरे बापतको रकम तुरुन्त भुक्तानी गर्नुपर्ने लगायतका नारा लेखिएका ब्यानर र प्लेकार्ड सहित धर्ना बसेका थिए । गत मंगलबार जिल्ला प्रशासन कार्यालय इलाममा आफ्ना माग सहित ज्ञापन पत्र बुझाएका थिए ।
प्रतिक्रिया