इलाम : लोकतन्त्रको प्राण: सुशासन र सद्भाव” विषयक नागरिक संवाद कार्यक्रम सोमबार इलाममा सम्पन्न भएको छ।मानव अधिकार तथा शान्ति समाज इलाम शाखाको आयोजनामा सम्पन्न कार्यक्रममा प्रमुख वक्ताको रुपमा मानव अधिकार तथा शान्ति समाजका संस्थापक अध्यक्ष कृष्ण पहाडीले लोकतन्त्र रक्षाका लागि नागरिक समाजले खेल्नु पर्ने भूमिकाको चर्चा गर्नु भएको थियो। देशमा व्याप्त बेथिती र बिकृतिका विरुद्द नागरिक तहबाट हुने सशक्त हस्तक्षेपले सुशासन र सद्भावमा महत्त्वपूर्ण योगदान दिनसक्ने बताउनु भयो।
संवादमा सहभागी राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र चौहान, नेपाल पत्रकार महासंध इलामका अध्यक्ष बिप्लव भट्टराई, प्राध्यापक दामोदर चापागाईं, वरिष्ठ अधिवक्ता जे बी लुंगेली, प्राध्यापक संध महेन्द्र रत्न बहुमुखी क्याम्पस इकाइ सभापति गंगाराम पौडेल, मानव अधिकार संजाल तथा शान्ति कार्य समूह इलामका प्रदीप अधिकारी, नेपाल शिक्षक संघका अध्यक्ष रोमनाथ शर्मा, प्राध्यापक कृष्ण खत्री, इलाम नगर पालिकाका उपप्रमुख विष्णु दाहाल, नगर महिला समन्वय समिति इलामका अध्यक्ष पुष्पा रिजाल, नागरिक अगुवा धर्म गौतम,जिल्ला सहकारी संघ इलामका अर्जुन पोख्रेल, पत्रकार सुनिता मगर, अखिल नेपाल महिला संघ इलामकी उपाध्यक्ष नुनुमा राई, प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, समन्वय समिति इलामका प्रमुख जय प्रकाश राई लगायत विभिन्न व्यक्तित्वहरुले आफ्ना विचार र सुझावहरु राख्नु भएको थियो। कार्यक्रममा समाजको अवधारणा पत्र केन्द्रीय अध्यक्ष रामकृष्ण बरालले बाचन गर्नु भयो। कार्यक्रममा उठेका बिचारहरुलाई नागरिक संकल्प घोषणा गरिएको छ जसमा भनिएको छ ” लोकतान्त्रिक शासनव्यवस्थाले मात्रै नागरिकको अधिकार सुनिश्चित हुने भएकाले अभिव्यक्ति स्वतन्त्रतालाई सदा सर्वदा संरक्षण गर्दै लोकतन्त्रलाई दिगो बनाउन शान्तिपूर्ण नागरिक हस्तक्षेप आवश्यक भएकोले सुशासन प्रत्याभूति र सद्भाव प्रवर्धन लागि सँगसँगै जागृत हुने संकल्प गरिन्छ।”
शाखा सभापति तीर्थराज निरौलाको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण केन्द्रीय सदस्य ज्ञानेन्द्र निरौलाले गर्नु भएको थियो ।सहसचिव सोनु मुखियाले कार्यक्रम संचालन गर्नु भएको कारकार्यक्रममा शान्ति समाजकी आजीवन सदस्य हरिकला श्रेष्ठले अतिथिहरुलाई स्वागत गर्नु भएको थियो ।
प्रतिक्रिया