logo
  • २०८१ माघ ३ | Thu, 16 Jan 2025
  • इलाम जिल्लामा नै पहिलोपटक अठार  पुराण सम्पन्न गरिदै , प्रचारप्रसार र तयारी तिव्र

    इलाम जिल्लामा नै पहिलोपटक अठार  पुराण सम्पन्न गरिदै , प्रचारप्रसार र तयारी तिव्र


    सविता पाण्डे , इलाम , फागुन २७ : इलाम जिल्लामा नै पहिलोपटक अठार पुरान सम्पन्न गर्न लागिएको छ । इलाम  नगरपालिका ६ सिङफ्रिङ स्थित सिंहसिद्धदेवी तथा देवी पञ्चायन मन्दिर परिसरमा आयोजना गरिएको अठार पुराण  पुराण समापन एवं इलाम धार्मिक महोत्सव  २०८०को तयारी तिव्र पारिएको छ ।  इलाम जिल्लामा रहेका शक्तिपीठ  तथा धार्मिकस्थलको प्रचारप्रसार र विकास गर्ने उदेश्य सहित  आगामी  चैत १ देखि ९ सम्म संचालन हुन लागेको  अठार  पुराण अन्तर्गत श्री स्कन्ध पुराण र बहुधार्मिक संयोजन सहित इलाम धार्मिक महोत्सव आयोजना गरिएको जनाएको छ । कार्यक्रमको लागी प्रचारप्रसार र अन्तिम तयारी तिव्र भैरहेको अठार पुरान मुल आयोजक समितिका अध्यक्ष सन्दीपकुमार बुढाथोकीले बताउनु भयो ।
    महोत्सवमा बौद्धगुरुबाट दोमाङ्ग पाठ किरात धर्मगुरुबाट मुन्धुम र हिन्दु धर्म गुरुबाट पुराण बाचन तथा पाठ पारायण हुने जनाएको छ ।    पुराणमा  भागवत् मञ्जरी राधिका दासीबाट स्कन्द पुराण कथा वाचन हुने भएको छ । किराँत धर्म गुरु महिङ्गुम अङसीमाङ आत्मानन्द लिङदेन , बौद्ध धर्म गुरु खेन रिन्पोछे फुर्तेम्बा शेर्पा र जगदगुरु श्रीबाल सन्त मोहन शरणदेवचार्य महाराजश्री लगायतका धार्मिक ब्यक्तिबाट धार्मिक प्रवचन  हुने समितिका सचिव रविन रायमाझीले बताउनु भयो ।
    २०५९ सालमा इलाम नगरपालिका ६ स्थित श्री जनकल्याण प्राथमिक बिद्यालय प्राङ्गणमा पुराण सुरु गरी अठार पुराणको लक्ष्य लिइएको जनाइएको छ ।  सो समयमा बिश्व शान्तिको कामना गर्दै हिन्दु धार्मिक परम्परा र बौद्ध धर्म अनुसार दोमाङ पाठ गरि पुरान सुरु गरिएको थियोे । विगत वर्षहरूमा इलाम जिल्लाका विभिन्न स्थान , माइखोला , गजुर्मुखी धाम लगायत विभिन्न शक्तिपीठहरुमा  १७ पुराण सफलतापूर्वक पाठ एवं वाचन सम्पन्न गरिएको  रायमाझीले बताउनु भयो ।



    निगरानी संवाददाता    
  • २०८० फाल्गुन २७, आईतवार १७:५९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP