विद्यार्थीहरुलाई लागु औषध नियन्त्रण सम्बन्धी अभिमुखीकरण

विद्यार्थीहरुलाई लागु औषध नियन्त्रण सम्बन्धी अभिमुखीकरण

इलाम , १८ जेठ : लागु औषध नियन्त्रण सम्बन्धी अभिमुखीकरण इलाममा सम्पन्न भएको छ । इलाम नगरपालिका ५  मा रहेको अमर माध्यमिक  विद्यालयका विद्यार्थीहरुका लागि  लागु औषध नियन्त्रण सम्बन्धी अभिमुखीकरण कार्यक्रम  शुक्रबार  सम्पन्न भएको हो । इलाम नगरपालिका अन्तर्गत  नगर युवा परिषदको आयोजना भएको  कार्यक्रममा ५० जना विद्यार्थीको सहभागीता रहेको थियो ।कार्यक्रममा जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी नायव उपरीक्षक प्रकाश जबेगुले सहभागीहरुलाई लागु औषध नियन्त्रण, कानुनी व्यवस्थाको बिषय बस्तुमा प्रशिक्षण दिनु भएको थियो ।


  जिल्ला प्रहरी  कार्यलय इलामको प्राविधिक सहयोग र इलाम नगरपलिका वाड न. ५ को व्यवस्थापनमा कार्यक्रम सम्पन्न गरिएको जनाइएको छ ।
युवाहरु विभिन्न कारणले लागु औषधको प्रयोग गर्ने र त्यसको  शिकार बनीरहेको कारण विद्यालय स्तरमा नै जनचेतना अभिवृद्धिको लागि कार्यक्रम आयोजना गरिएको नगर युवा परिषदका अध्यक्ष लिला प्रसाद थापले बताउनु भयो।

उद्घाटन कार्यक्रम इलाम नगरपालिका ५  का वडा अध्यक्ष काजी बहादुर  श्रेष्ठको प्रमुख आतिथ्यता र नगर युवा परिषदका अध्यक्ष लिला प्रसाद थापाको अध्यक्षतामा भएको थियो ।


यस अघि जेठ १४ गते इलाम नगरपालिका ७ स्थित आदर्श माध्यमिक विद्यालयमा अभिमुखिकरण सम्पन्न भएको थियो । आगामी जेठ २१ गते इलाम नगरपालिका १ स्थित नेपालटार  माध्यमिक विद्यालयमा अभिमुखिकरण कार्यक्रम गरिने परिषदका सचिव मोहन विष्टले बताउनु भयो ।