इलाम : लैङ्गिक हिंसा विरुद्ध अभिमुखिकरण कार्यक्रम शुक्रबार इलाममा सम्पन्न भएको छ । नगरपालिका ८ को सहयोगमा नेपाल प्रेस युनियन इलाम शाखाले कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा ३५ जनाको सहभागीता रहेको थियो । इलाम नगरपालिका ८ को सामाजिक विकास कार्यक्रम अन्र्तगत आयोजित कार्यक्रममा अधिवक्ता विद्या सापकोटा , सविता पाण्डे र सुनिता राईले सहजीकरण गर्नु भएको थियो ।
कार्यक्रमको उद्घाटन नेपाल प्रेस युनियन इलाम शाखाकी अध्यक्ष सविता पाण्डेको अध्यक्षता र इलाम नगरपालिका ८ का वडाअध्यक्ष दलमान तामाङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ इलामका अध्यक्ष विप्लप भट्टराई , नेपाल प्रेस युनियनका पुर्व अध्यक्ष विजयशेखर भट्टराई , पुर्व उपाध्यक्ष सोनु मुखिया , पुर्व सचिव गणेश घिमिरे , निर्वतमान सचिव टीका खतिवडा इलाम नगरपालिका ८ का समाजसेवी मोहन कुमार विष्ट लगायतको उपस्थिती रहेको थियो ।
प्रतिक्रिया