logo
  • २०८१ चैत्र १४ | Thu, 27 Mar 2025
  • कुकुरको हत्या गर्ने तीनजना पक्राउ

    कुकुरको हत्या गर्ने तीनजना पक्राउ


    इलाम , ३ असार : कुकुरको क्रूरतापूर्वक हत्या गरी सामाजिक सञ्जालमा पोस्ट गर्ने तीन युवालाई इलाम प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । 
    पक्राउ पर्नेमा इलामको देउमाई नगरपालिका देउमाई नगरपालिका–९, जितपुरका २१ वर्षे दीक्षान्त मोरोहाङ लिम्बू, सोही ठाउँका १७ वर्षे संगम लिम्बू र अर्का १७ वर्षे अशोक लिम्बू रहेको जिल्ला प्रहरीले जनाएको छ । गत जेठ ३२ गते सामाजिक सञ्जाल ‘भुत प्रेत’ नामक पेजमा एउटा कुकुरलाई लाठ्ठीले बारम्बार प्रहार गरी क्रूरतापूर्वक निर्मम तरिकाले हत्या गरी खाल्डामा गाढेको भिडियो सार्वजनिक गरिएको थियो । 
    जिल्ला प्रहरी कार्यालय इलाम र मातहत प्रहरीबाट उक्त भिडियो कसले अपलोड गरेको र कुकुरको हत्या कसले गरेको भन्ने विषयमा अनुसन्धान तथा खोजी कार्य भइरहेको थियो । 
    यसरी कुकुरको हत्या गर्नेविरुद्ध पशु कल्याण संघ नेपालले ‘पशुपंक्षीसम्बन्धी कसुर’अन्तर्गत इलाम प्रहरीमा जाहेरी दरखास्तसमेत दिएको थियो ।
    उनीहरूलाई जिल्ला प्रहरी कार्यालयमा ल्याएर अनुसन्धान थालिएको प्रहरीको भनाइ छ । 



    निगरानी संवाददाता    
  • २०८१ असार ३, सोमबार १७:०९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP