इलामामा संचालन हुदै आएको माइभ्याली गोल्डकपको छैटौ संस्करण विहीबार ( फागुण १५ )देखि इलाममा सुरु हुदैछ । प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ । दुव्र्यसन मुक्त समाज निमार्ण र खेलकुदलाई पर्यटनसँग जोडन प्रतियोगिता आयोजना गरिएकोे माईभ्याली फुटबल क्लबका अध्यक्ष धिरेन चेम्जोङ बताउनु भयो ।
फुटबललाई संंस्कृति झै मान्ने इलामेहरुलाई माइभ्याली गोल्डकपले उत्साहित बनाउने गरेको छ । सदरमुकामको ठुलो टुडिखेलमा हुने प्रतियोगिता हेर्न दर्शक भरिभराउ हुने गरेको छन । माइभ्याली गोल्डकपमा यसपटक ४ वटा विदेशी सहित नेपालका ६ वटा टीमले प्रतिष्पर्धा गर्दैछन् । उदघाटन खेलमा भारत नागाल्याडको कोइमा इगल र रुपन्देहीको गोर्खा व्वाइज मैदानमा उत्रदै छन ।
प्रतियोगितामा राष्ट्रिय अन्तराष्ट्रिय स्तरका खेलाडीको खेल कला सिक्न पाउने भएकोले खेलाडीको लागि पनि यो प्रतियोगिता महत्वपुर्ण हुने गरेको बताउनु हुन्छ इलामका खेलाडी पासाङ शेर्पा ।
राणाकालीन समयमा निमार्ण भएको ठुलो टुडिखेलमा प्रतियोगिता संचालन हुदै आएको छ । यही मैदानमा धेरै खेलाडीले खेलेर राष्ट्रिय स्तरमा ख्याति कमाएपनि मैदान भने फेरिएको छैन । जिल्लामा रंगशाला लगायतका फुटबलको पुर्वाधार नहुदा मैदान मर्मत र प्याराफिट निमार्णमा लाखौ खर्च गर्नु परीरहेको आयोजक माईभ्याली फुटबल क्लबका महासचिव विनोद श्रेष्ठको भनाइ छ ।
प्रतियोगिताहरु संचालन भइरहने इलाममा रंगशाला बन्न नसक्नु दुखत भएको भन्दै रंगशाला निर्माणमा सरकारले नै चासो दिनु पर्ने सरोकारवालाहरु बताउछन । प्रतियोगिताको फाइनल खेल आगामी फागुण २४ गते हुने छ । विजेताले नगद ८ लाख उपविजेताले ६ लाख प्राप्त गर्नेछन ।