इलाम :इलाममा पहिलो पटक फुटबल रेफ्री संघ गठन भएको छ । बालकृष्ण राई (एकल विके)को अध्यक्षतामा १९ सदस्यीय समिति गठन भएको हो । संघको उपाध्यक्ष द्धय दिलिपकुमार राई , धनजित मुखिया। महिला उपाध्यक्ष रन्जु यल्मु चयन भएका छन । महासचिव महेश खड्का , उपमहासचिव मनोज कुमार लिम्बु कोषाध्यक्ष सुरेश थापा मगर निर्विरोध चयन भएका हुन ।
सदस्यहरु विनोद क्षेत्री, राकेश थापा मगर, याम राई , डम्बर सिंह तामाङ, महेश मगर ,भक्त बहादुर राई ,मन्जित तामाङ, प्रज्वल क्षेत्री ,गणेशराज सुवेदी ,ललित तामाङ ,ः जितन राई , राजु थापा मगर चयन भएका छन ।
जिल्ला फुटबल संघ इलामको आयोजनामा शनिबार सम्पन्न भएको भेलाले इलामा पहिलो पटक इलाम जिल्ला फुटबल रेफ्री संघ गठन भएको हो । जिल्ला फुटबल संघ इलामका अध्यक्ष विक्रम श्रेष्ठको अध्यक्षता र नेपाल फुटबल रेफ्री संघ केन्द्रिय सदस्य तथा कोशी प्रदेश रेफ्री संघ महासचिव प्रदिप कुमार बस्नेतको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा संघ गठन भएको हो । जिल्लाभरी रहेका रेफ्रीहरुलाई संगठित गर्दै रेफ्रीहरुको समस्या समाधानको लागि संघ आवश्यक भएको जिल्ला फुटबल संघले जनाएको छ ।
इलाममा हाल करीब ३० जना भन्दा बढी एन्फा रेफ्रीहरु रहेका छन भने एक जना मात्र महिला रेफ्री रहेका छन । इलाममा फुटबल क्रेज शहरी र ग्रामीण दुवै क्षेत्रमा रहेको पाइन्छ । वर्षको ६ महिना भन्दा बढी समय साना ठुला फुटबल प्रतियोगिता संंचालन हुने गरेका छन जसका कारण केही रेफ्री व्यवसायिक रुपमा अघि बढी रहेको पाईन्छ । इलाम मात्र नभई छिमेकी जिल्ला झापा , पाँचथर , ताप्लेजुङ लगायत भारतको दार्जिलिङ , मिरीक , सिक्किम लगायतका स्थानमा यहाँका रेफ्रीहरु प्रतियोगिता खेलाउन जाने गरेका छन ।
प्रतिक्रिया