logo
  • २०८१ चैत्र ७ | Thu, 20 Mar 2025
  • इलाम नगरपालिका अन्तरपालिका उपप्रमुख महिला फुटबलको सेमीफाइनलमा

    इलाम नगरपालिका अन्तरपालिका उपप्रमुख महिला फुटबलको सेमीफाइनलमा

    इलाम फागुन १५ : इलाममा जारी प्रथम अन्तरपालिका उपप्रमुख महिला फुटबलमा इलाम सेमीफाइनल प्रवेश गरेको छ ।  इलामको ठुलो टुडिखेलमा जारी प्रतियोगितामा मंगलबार सम्पन्न खेलमा माङ्सेबुङ गाउँपालिकालाई १-० गोलले पराजित गर्दै इलामले अघिल्लो चरणको यात्रा तय गर्‍यो । इलामको जितको लागि  मनिषा थापा मगरले निर्णायक गोल गरिन् । खेलको वुमन अफ दि म्याच इलामकी डिफेन्डर सजनी थोकर घोषित भइन् ।
    उनले नगद ३ हजार प्राप्त गरिन् । प्रतियोगिताको पहिलो सेमीफाइनल खेलमा सूर्योदय नगरपालिका र माईजोगमाई गाउँपालिकासंग प्रतिस्पर्धा गर्नेछन् । माईजोगमाईले फाकफोकथुम गाउँपालिकालाई हराउँदै सेमीफाइनलमा स्थान बनाएको हो ।सूर्योदयले रोङ गाउँपालिकालाई हराएको थियो ।
    माईभ्याली फुटबल क्लबको आयोजनामा ठुलो टुडिखेलमा फागुन १९ गतेसम्म चल्ने प्रतियोगितामा इलामको १० वटा स्थानीय तहका महिला टिमको सहभागिता रहेको छ । बिजेताले २ लाख र उपविजेताले १ लाख रुपैया प्राप्त गर्नेछन् ।P



    निगरानी संवाददाता    
  • २०८० फाल्गुन १५, मंगलवार १७:३९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP