विर्तामोड युनाइटेड इलाम गोल्डकपको सेमिफाइनल प्रवेश

विर्तामोड युनाइटेड इलाम  गोल्डकपको सेमिफाइनल प्रवेश

इलाम माघ ७ : इलाममा जारी  प्रथम इलाम गोल्डकपमा विर्तामोड युनाइटेड झापा सेमिफाइनल प्रवेश गरेको छ । इलामको ठुलो टुडिखेलमा संचालन भइरहेको प्रतियोगितामा सुनसरी इटहरीको राष्ट्रिय जागृति क्लबलाई ३ -०  गोल गोल अन्तरले   झापाले अघिल्लो चरणको यात्रा तय गरेको हो  । झापाको जीतमा हिसुप थपलियाले खेलको ३८ औं र ५१ औ मिनेटमा  गोल गरे भने ८६ औ मिनेटमा प्रशान्त लक्षमले तेस्रो गोल गरे । खेलमा म्यान अफ द म्याच झापाका हिसुब थपलिया बनेका छन । उनले नगद ५ हजार प्राप्त गरे । सोमबार हुने खेलमा बाग्मती युवा क्लब सर्लाही र न्युरो टिम एनआरटी भिड्नेछन् ।
प्रतियोगितामा एक विदेशीसहित आठ टिमको  सहभागिता रहेको छ । विजेताले नगद पाँच लाख र उपविजेताले नगद ३ लाख पुरस्कार पाउने आयोजक रेडहर्ष फुटबल क्लबले जनाएको छ । सर्वाधिक गोलकर्ता, उत्कृष्ट खेलाडी, उत्कृष्ट किपर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिपेन्डर र उदयमान खेलाडीलाई समेत पुरस्कृत गरिने आयोजकले जनाएको छ । प्रतियोगिताको फाइनल माघ १३ गते  हुनेछ ।