इलाम , माघ ८ : इलाममा जारी प्रथम इलाम गोल्डकपमा न्युरो टिम एनआरटी सेमिफाइनल प्रवेश गरेको छ । इलाम स्थित ठुलो टुडिखेलमा जारी प्रतियोगितामा न्युरो टिम एनआरटीले बाग्मती युवा क्लब सर्लाहीलाई टाइब्रेकरमा ४-३ गोल अन्तरले पराजित गरेको हो । निर्धारित समय र अतिरिक्त समयमा दुवै तर्फबाट गोलरहित बराबरी भएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो ।
आजको खेलमा म्यान अफ द म्याच बाग्मती युवा क्लब सर्लाहीका आयुश रानामगर भए । उनले नगद ५ हजार प्राप्त गरे ।
प्रतियोगितामा एक विदेशीसहित आठ टिमको सहभागिता रहेको छ । विजेताले नगद पाँच लाख र उपविजेताले नगद ३ लाख पुरस्कार पाउने आयोजक रेडहर्ष फुटबल क्लबले जनाएको छ । प्रतियोगिताको फाइनल माघ १३ गते हुनेछ । सर्वाधिक गोलकर्ता, उत्कृष्ट खेलाडी, उत्कृष्ट किपर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिपेन्डर र उदयमान खेलाडीलाई समेत पुरस्कृत गरिने आयोजकले जनाएको छ ।
प्रतिक्रिया