logo
  • २०८१ माघ ३ | Thu, 16 Jan 2025
  • इलाम गोल्डकप : आर्मीलाई हराउदै चर्च ब्वाइज  सेमिफाइनल प्रवेश

    इलाम गोल्डकप : आर्मीलाई हराउदै चर्च ब्वाइज  सेमिफाइनल प्रवेश


    सविता पाण्डे इलाम , मङ्सिर २४ : चर्च ब्वाईज युनाइटेड इलाम गोल्डकपको सेमिफाइनल प्रवेश गरेको छ । सोमबार भएको तेस्रो क्वार्टफाइनल खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई २–१ गोल अन्तरले हराउदै चर्च ब्वाइज सेमिफाइनलमा प्रवेश गरेको हो । इलाममा जारी प्रतियोगितामा  खेलको दोसो मिनेटमा  आर्मीले  पेनाल्टिको मौका  पायो । पेनाल्टीको सदुपयोग गर्दै निरज चौधरीले टिमलाई अग्रता दिलाए ।
    दोसो हाफको ३५ औ मिनेटमा रोहन कार्कीको गोल मार्फत चर्च ब्वाइज खेलमा फर्कियो । दोस्रो हाफको ३७ औं मिनेटमा विदेशी खेलाडी अर्मान्डोले गोल गर्दै चर्च ब्वाइजको जित निश्चित गरे ।


    आजको खेलमा  चर्चब्वाइजका रोहन कार्की ‘म्यान अफ द म्याच’घोषित भए । उनले नगद आठ हजार एक सय रुपैया प्राप्त गरे । मंगलबार अन्तिम क्वाटरफाइन्ल खेलमा मछिन्द्र क्ल्ब काठमाडौ र रेड स्टार झापा भिड्नेछन् । आगामी मङ्सिर २९ गते फाइनल खेल  हुनेछ । प्रतियोगिताको विजेताले नगद १० लाख  र उपविजेताले पाँच लाख रुपैयाँ पाउने आयोजकले जनाएको छ ।



    निगरानी संवाददाता    
  • २०८१ मंसिर २४, सोमबार १६:५९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP