logo
  • २०८१ फाल्गुन ५ | Mon, 17 Feb 2025
  • श्रीमतीको डेरा जाने भट्टराईमाथि कारबाही माग्दा एसपीले भने- ‘तैले सकिनस् अर्कैले गर्‍यो त के भयो ?’

    श्रीमतीको डेरा जाने भट्टराईमाथि कारबाही माग्दा एसपीले भने- ‘तैले सकिनस् अर्कैले गर्‍यो त के भयो ?’

    श्रीमतीसँग अनैतिक सम्बन्ध राख्ने भट्टराईमाथि कारबाही माग

    इलाम । आफ्नै श्रीमतीलाई अर्को ब्यक्तिले अनैतिक क्रियाकलाप गरेको बिषयलाई लिएर न्याय माग्न जिल्ला प्रहरी कार्यालय ईलाममा पुगेका एक ब्यक्तिलाई उल्टै प्रहरीले दुर्व्यवहार गरेको गुनासो गरेका छन । ईलाम जिल्ला फाकफोक्थुम गाँउपालिका वडा नम्बर ७ निवासी वीर बहादुर राइ नेपाली सेनाको राष्ट्रिय सेवा दल पुर्बी तालिम शिक्षालय मोरङमा कार्यरत छन् ।

    उनले आफ्नै श्रीमतिलाई ईलाम नगरपालिका ७ मा डेरा राखी जागिरको सिलसिलामा मोरङमा रहेका बेला श्रीमति बसेको डेरामा ईलाम नगरपालिका ९ सेरा निवासी गणेश भट्टराई निरन्तर राती राती डेरामा गइ अनैतिक सम्बन्ध राख्ने, फेसबुक मार्फत अश्लिल कुरा गर्ने तथा अनैतिक कृयाकलाप गर्ने गरेको पीडित राइले बताएका छन् ।

    सोही बिषयलाई लिएर उनी मोरङबाट ईलाम गइ आफ्नो श्रीमतिमाथि अनैतिक कुरा गर्ने भट्टराईलाई कारबाहीका लागि के कस्तो गर्न सकिन्छ भनेर मौखिक रुपमा सुझाब माग्न जिल्ला प्रहरी कार्यलय ईलामका प्रमुख एसपी हिरा बहादुर पाण्डेकोमा पुगेका थिए ।

    श्रीमति माथि भएको अनैतिक कृयाकलाप सबिस्तार पाण्डेलाई सुनाए । आफुसँग भएका प्रमाणहरु अश्लिल तस्बिर सहित सामाजिक सन्जालमा भएको कुराकानी आफुसँग रहेको बताए । उत्त कुरा सुनेपछि गुहार माग्न प्रहरीकोमा पुगेका राइलाई न्याय नदिइ उल्टै मोबाईल खोसेर प्रमाण नष्ट समेत गरेको राईले बताए । उनलाई हतकडी लागाई थुन्न आदेश दिई भएको आइडी कार्ड माग्दै पाण्डेले तेरो श्रीमतिलाई तैले सकिनस् अर्कैले गर्यो त के भयो ? भनी हप्काएको पीडित राईले बताए ।  

    पाण्डेले उनलाई श्रीमतिलाई चुपचाप बुझेर लिएर जा, नत्र तँलाई कोचिदिन्छु भनी हप्काएको पिडीत राईले बताए ।   

    आफुप्रति अमानवीय ब्यबहार भएको भन्दै जिल्ला प्रशासन कार्यालय ईलाममा बिहीबार लिखित उजुरी समेत दिएका छन् । प्रशासनमा बुझाएको उजुरीमा राईले जिल्ला प्रहरी कार्यालय इलाम, नेपाल मानव अधिकार संगठन , नेपाल पत्रकार महासंघ, राष्ट्रिय सेवा दल पूर्व तालिम शिक्षायलय मोरङ , मानव अधिकार मन्च ईलाम लगायतलाई बोधार्थ समेत दिएका छन ।

    राइले सो पश्चात बिहीवार नै पत्रकार सम्मेलन गर्दै न्यायको माग समेत गरेका छन् । पिडीत राईलाई बिभिन्न सञ्चारमाध्यमबाट सम्पर्क गरी उक्त अश्लिल तस्बिर र अश्लिल म्यासेजहरु पठाएको राईले बताए  ।

    भट्टराई श्रीमतिबाट म्यासज प्राप्त गरेपछि राई कार्यक्षेत्रबाट बिदा लिइ इलाम आफ्नो कोठामा आउँदा माघ २३ गते उनले दुबैलाई डेरामा भेटेपछि  प्रहरीलाई खबर गरेका थिए ।

    केही ढिलागरी प्रहरी पुगेपनि पक्राउ गर्न आनाकानी गरेपछि हार गुहार गर्दै स्थानीयले समेत प्रहरीलाई दुवैलाई पक्रेर लैजान भनेपछि प्रहरीले दुवैलाई पक्राउ गरेको थियो । त्यसपश्चात गुनासो गर्न प्रहरीकहाँ पुग्दा आफूमाथी दुर्व्यवहार भएको राईले बताए ।

    यता प्रहरी प्रमुख पाण्डेले भने आफूले पिडीत भनिएका राईलाई यस्तो मुद्धा प्रहरीले हेर्न नमिल्ने भएकाले अदालतमा जान सुझाए  तर आफूले दुर्व्यवहार नगरेको दावी गरेका छन् । हाल पिडीत भनिएका राईकी श्रीमति आफ्नो सम्पर्कमा नरहेको र ७ बर्षिया छोरीलाई आफ्नै घर लगेर राखिएको बताए ।

    छोरीलार्ई मानसिक रुपमा समेत असर परेको राईले बताए । यता राईकी श्रीमतिसंग अश्लिल हर्कत गर्ने भट्टराईका भने दुइवटी श्रीमति रहेका छन् । हाम्राकुरा डटकमबाट



    निगरानी    
  • २०७६ फाल्गुन ९, शुक्रबार १३:३०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP