प्रेस युनियन काठमाडौं अध्यक्षमा गौतमको उम्मेदवारी

प्रेस युनियन काठमाडौं अध्यक्षमा गौतमको उम्मेदवारी

प्रेस युनियन काठमाडौं अध्यक्षमा गौतमको उम्मेदवारी काठमाडौं सबैभन्दा धेरै सदस्य संख्या रहेको लोकतन्त्रवादी पत्रकारहरुको संस्था नेपाल प्रेस युनियन काठमाडौं शाखाको अध्यक्षमा महेश्वर गौतमले उम्मेदवारी दिने घोषणा गरेका छन् । यही फागुन २८ गते मंगलबार काठमाडौंको थापागाउँ स्थित काठमाडौ ब्यान्क्वेटमा हुन गइरहेको आठौ जिल्ला अधिवेशनमा हाल कार्यसमिति सचिव समेत रहेका गौतमले अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका हुन ।

वि.सं. ०६२ सालबाट पत्रकारिता सुरु गरेका गौतम भावि नेपाल साप्ताहिक, रेडियो राजधानी, क्यापिटल एफएम हुँदै हाल राजधानी दैनिकको वरिष्ठ संवादाताका रुपमा कार्यरत छन् । पत्रकारितामा स्नातक, समाजशास्त्र र राजनिती शास्त्रमा स्नाकोत्तर गौतमले श्रमजीवि पत्रकारहरुका समस्या, प्रेस तथा अभिब्यक्ति स्वतन्त्रता साथै नागरिक अधिकारका लागि निरन्तर खबरदारी कायम राख्ने प्रतिबद्धता जनाएका छन् । प्रेस युनियन काठमाडौं शाखाका गतिविधि तथा एजेण्डाले देशभरका पत्रकारहरुमा प्रभाव पार्ने भएकाले अगामी दिनमा शसक्त मुद्दाहरु उठाएर अघि बढ्ने पनि गौतमले बताएका छन । यसैगरी आफ्नो कार्यकालमा शाखाको भवन निर्माणका लागि प्रारम्भिक प्रक्रिया सुरु गर्ने, श्रमजीवि पत्रकारका मुद्दामा निरन्तर क्रियाशिल पत्रकारलाई सम्मान स्वरुप ‘शसक्त श्रमजीवि राष्ट्रिय सम्मान’ साथै प्रेस तथा अभिब्यक्ति स्वतत्रताका लागि क्रियाशिल पत्रकारलाई ‘स्वतत्रता सेनानी राष्ट्रिय सम्मान’, ‘नव प्रतिभा युवा संचारकर्मी सम्मान’, विधागत पत्रकारिता प्रोत्साहन पुरस्कारका लागि अक्षय कोष स्थापना गर्ने पनि बताएका छन् । यस्तै आफू निर्वाचित भए लगत्तै अग्रज पत्रकारहरुको परामर्शमा संगठनलाई गतिशिल बनाउन मासिक बहस श्रृखंला (टपिकल डिबेट) सुरु गर्ने, नयाँ पुस्तालाई पत्रकारितामा आकर्षित गराउन तालिम तथा बृत्तिविकासका परियोजनाहरु सुरु गर्ने, न्यू मिडिया प्रतिको आकर्षण र विकासलाई उच्च सम्मान गर्दै यसलाई व्यवस्थित र मर्यादित बनाउन भूमिका निर्वाह गर्ने आफ्नो योजना रहेको गौतमले बताएका छन। संगठनलाई पारदर्शी र शसक्त बनाउन सागठनिक प्रशासनलाई समेत चुस्त राख्ने प्रतिबद्धता गौतमले गरेका छन् । काठमाडौं शाखामा हाल ८ सय ४३ सदस्य कायम गरिएको छ ।