इलाम : इलाममा सञ्चालन हुने अन्तर्राष्ट्रिय आमन्त्रण ‘प्रथम इलाम गोल्डकप’ फुटबल प्रतियोगितामा आठ टिम सहभागी हुने भएका छ्न । आगामी माघ ६ गतेदेखि १३ गतेसम्म इलाम सदरमुकाम स्थित ठुलो टुडिखेलमा हुने प्रतियोगिताको खेलतालिका शुक्रबार सार्वजनिक गरिएको छ ।रेड हर्ष फुटबल क्लबले आयोजना गर्ने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको क्लबका सचिव प्रकाश घिमिरेले बताउनु भयो ।
प्रतियोगितामा न्युरो टिम (एनआरटी) काठमाडौँसहित बुटवल लुम्बिनी, पाँचथर फुटबल क्लब, विर्तामोड युनाइटेड झापा, राष्ट्रिय जागृति क्लब इटहरी, बाग्मती युवा क्लब सर्लाही, आयोजक रेड हर्ष फुटबल क्लब र भारतको मानेभञ्ज्याङ फुटबल क्लब दार्जिलिङ सहभागी हुने जनाइएको छ ।
प्रतियोगितामा विजेताले नगद ५ लाख र उपबिजेताले ३ लाख सहित ट्रफी मेडल प्राप्त गर्नेछन । सर्वाधिक गोलकर्ता, उत्कृष्ट खेलाडी, सर्वोत्कृष्ट किपर, डिफेन्डर, मिड फिल्डर र उदयमान खेलाडीले पुरस्कार प्राप्त गर्ने जनाएको छ । प्रतियोगिताको सम्पुर्ण तयारी पूरा भएको छ । दर्शकको लागि बासको अस्थायी प्याराफिट निर्माण गरिएको छ ।
प्रतिक्रिया