इलाम : खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागकी महानिर्देशक डा मतिना जोशीले उद्योगहरुले न्युनतम सरसफाईलाई ध्यान दिनु पर्ने बताएकी छन् ।
इलामको सूर्योदयमा नेपाल उद्योग बाणिज्य महासंघ प्रदेश न १ को आयोजनमा सूर्योदय नगर उद्योग बाणिज्य संघको स्थानीय व्यवस्थापन र नेपाल कृषि बजार विकास कार्यक्र (सहज)संगको सहकार्यमा भएको कार्यक्रममा उनले स्वदेशमा विक्री वितरण गर्ने देखि विदेश निर्यात गर्ने सामग्रीमा गुणस्तरीयता हुनु जरुरी रहेको बताइन् ।
सरकारले मुद्धा लगाएर मात्र समस्या समाधान नहुने भएकाले तल्लो स्तरमै खाद्य स्वच्छताको चेतना आवश्यक रहेको उनको भनाई छ । उनले मौलीक उत्पादनमा उद्यमीहरुले जोड दिनुपर्ने बताईन् । उनले भनिन् ‘हाम्रो पहिचान दिने उत्पादनमा ध्यान दिनु जरुरी छ । ’
विभागका खाद्य अधिकृत भिम प्रसाद पुलामीले जिल्लाको उत्पादनलाई व्राण्डीङ र प्याकेजिङ गर्नुपर्ने बताए । सामुहिक रुपमा व्यवसाय सञ्चालन गर्न सके उत्पादनले दिगोपना आउने उनको सुझाव छ ।
खाद्य शुरक्षा विज्ञ डा अतुल उपाध्यायले दुग्ध पदार्थ र अकबरे खोर्सानीको अध्यायन गर्नका लागिे पहल गर्ने बताए । उनले दुबै उत्पादनमा थप अनुसन्धान आवश्यक रहेको बताए ।
कार्यक्रमका सभापति सूर्योदय नगर उद्योग बाणिज्य संघका अध्यक्ष प्रमोद राईले छुर्पी र अकबरे खोर्सानी उत्पादन र बजारीकरणमा देखिएका समस्या समाधानका लागि संघले सरोकारवालाहरुसंग पहल अघि बढाउने बताए ।
दुग्ध उद्यमी तोयानाथ महतले अनुज्ञा पत्र लगायका कानुनी प्रकृयामा रहेको झमेला समाधानका लागि स्थानीय तह र सरोकारवालाले पहल गर्नुपर्ने बताए । उनले विराटनगर वा काठमाण्डौ पुगेर अनुज्ञा पत्र लिने व्यवस्था व्यवहारीक नभएको बताए ।
दुग्ध उद्यमी जगत महतले छुर्पीमा ढुसीको समस्या बढेको बताए । कृषि उद्यमी उमेश पौड्यालले कृषिको गुणस्तर र वजारीकरणका लागि व्यवसायीलाई सरकारले अनुदान लगायतका सहयोग गर्नुपर्ने बताए ।
अकबरे खोर्सानी उत्पादक मदन राईले खुर्सानीको विउ तेस्रो मुलुकमा निर्यातका लागि समस्या भएको भन्दै सरकारले सहयोग गर्नुपर्ने बताए ।
उद्यमी बल बहादुर राईले बजारीकरणमा सरकारले भरपर्दो सहयोग गर्नु पर्ने बताए । कार्यक्रममा जनहित कृषि सहकारी संस्थाका उपाध्यक्ष कमल खतिवडाले इलामको पहिचान बनेको दुग्ध परिकार ‘ललिपप’मा मिसावट बढेको कारण सुद्ध दुग्ध परिकार उत्पादन गर्ने उद्योग समस्यामा परेको बताए ।
लक्की डेरी उद्योगका सञ्चालक तुलु तामाङ, खुर्सानी उत्पादक सुरेश भट्टराई, डेरी सञ्चालक दावा तामाङ लगायतले दुध र अकबरे खोर्सानीमा उत्पादन देखि बजारीकरण सम्म समस्या रहेको बताए ।
कार्यक्रमको सहजिकरण नेपाल उद्योग बाणिज्य संघ प्रदेश न १ का कर्मचारी सञ्जिव पौड्यालले गरेका थिए ।
प्रतिक्रिया