logo
  • २०८३ जेष्ठ ५, मंगलवार | Tue, 19 May 2026
  • जन्मोत्सवमा विमा उपहार

    जन्मोत्सवमा विमा उपहार


    इलामः जन्मोत्सवका नयाँ अभ्यास गर्ने क्रममा इलामका दम्पतीले जीवन बिमा उपहार आदानप्रदान गरेर खुशीयाली साटासाट गरेका छन् ।
    श्रीमतीको जन्मोत्सवको अवसरमा इलाम नगरपालिकाको हाम्रो पोखरेली होटलका सञ्चालन विजय राईले उनकी श्रीमती शान्ति राईलाई ५० लाखको विमा पोलेसी उपहार दिएका हुन् ।
    सुस्वास्थ्य दिर्घायुको कामना गर्दै एसियन लाइफ इन्स्योरेन्स कम्पनी इलाम मार्फत दम्पती सुरक्षा प्लस योजनाबाट पचास लाख बिमाङ्कको १५ बर्षे अवधिको जीवन बिमा गराइ बिमालेख उपहार दिएको कम्पनीका शाखा प्रमुख अर्जुन पोख्रेलले जानकारी दिए ।
    बहुक्षेत्रमा लगानी भएको बिमा कम्पनीमा जीवन विमा गराउन पाएकोमा होटल व्यवसायी राईले बताए । जन्मदिनको शुभकामना आदानप्रदान कार्यक्रममा
    कम्पनीको इलाम कार्यालय प्रमुख अर्जुन पोखरेल,
    कर्माचारी बिवेक लिम्बू ,बिएम दिनेश श्रेष्ठ ,शुरेन्द्र चौहान बिजय राई लगायत अभिकर्ता तथा शुभचिन्तकहरु समेतको उपस्थिती थियो ।



    निगरानी    
  • २०८० पुष ३, मंगलवार ०८:५४ गते
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP