इलाम भाद्र २५: इलाम जिल्लाभर सुरक्षा ब्यवस्था कडा पारिएको छ । स्थानीय प्रसाशनले आज दिउसो ३ बजे देखि भोलि बिहान ६ बजे सम्म कर्फ्यु आदेश जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले जारी गर्नु भएको कर्फ्यु आदेशमा शान्ति सुरक्षामा खलल पुग्न सक्ने स्थितलाई मध्यनजर गरि कर्फ्यु जारी गरेको उल्लेख छ । जिल्लाभर सुरक्षा गस्ती परिचालन गरिएको प्रजिअ नेपालले बताउनु भयो । सुरक्षा अवस्थालाई मध्यनजर गरी कारागार कार्यलय इलाममा सुरक्षा ब्यवस्था कडा पारिएको उहाँले बताउनु भयो ।

इलाम जिल्लाका सबै १० वटै पालिकामा नेपाली सेना , नेपाल प्रहरी , सशस्त्र प्रहरीको सुरक्षा गस्ती परिचालन गरिएको छ । गए राती १० बजे बाट गस्ती संचालन गरे पनि स्थानीय त्रासमा थिए । आज बिहान बाट इलामको जनजीवन केही सामान्य बन्दै आएको छ । हिजो भएको जेनजीको प्रदर्शन इलाम सदरमुकाम अशान्त बनेको थियोे । हिजो रात भर त्रासमा रहे पनि बिहान देखि सहज भएको स्थानीय गोपाल निरौलाले बताउनु भयो । इलाम आज बाट पुरानै लयमा फर्किने प्रयासमा छ । यद्यपि कर्फ्यु जारी भएको छ । सुरक्षा निकायको उपस्थिति पछि स्थानीयले राहत महसुस गरेका छ्न । जेनजीको प्रदर्शनकारीले इलाम नगरपालिकामा आगजनी गरेका छन । नगरपालिकाको कार्यलयमा सामाग्री , उपकरण र दस्तावेजमामा क्षती पुगेको छ ।

इलाम नगरपालिकाले सेवा संचालन गर्न समस्या भएकोले केही दिन सेवा अबरुद्ध हुने जनाएको छ । प्रदर्शनकारीले जिल्ला प्रसाशन कार्यलय , करदाता सेवा कार्यलय र निर्वाचन कार्यलयमा तोडफोड र आगजनी गरेका छन ।
प्रतिक्रिया