इलाम , ७ मंसिर :
गत असोज १८ र १९ को बर्षा पछि आएको बाढी पहिरो प्रभावितका लागि हुसाडेक नेपाल धनकुटा र किर्डार्क नेपाल काठमाडौंले इलाम र झापामा राहत , अस्थायी आवास र मनोसामाजिक परामर्श कार्यक्रम संचालन गर्दै आएको छ ।

झापाको झापा गाउँपालिका २ र इलामको इलाम नगरपालिका, देउमाई नगरपालिका, सूर्योदय नगरपालिका, सन्दकपुर र माइजोगमाई गाउँ पालिकामा खाद्य साथै ब्ल्याङ्केट डसना बितरण , मनोसामाजिक परामर्श कार्यक्रम सञ्चालन गरेको परियोजना फोकल पर्सन रमेशचन्द्र अधिकारीले बताउनु भएको छ । १० वटा अस्थायी आवास समेत निर्माण गरेको छ भने इलाममा स्थायी आवास निर्माण थालेको जनाएको छ ।

परियोजना मार्फत इलाममा ४० लाख बराबर र झापामा २५ लाख बराबरको सामाग्री वितरण गरिएको जनाइएको छ । ।परियोजनाले इलाम नगरपालिका ६ स्थित बालनगाउमा स्थायी आवास निर्माण सुरु गरेको छ ।


प्रतिक्रिया