logo
  • २०८२ पुष ३०, बुधबार | Wed, 14 Jan 2026
  • सूर्योदय उद्योग वाणिज्य संघमा उद्योग र महिला उपसमितिको गठन

    सूर्योदय उद्योग वाणिज्य संघमा उद्योग र महिला उपसमितिको गठन

    पशुपतिनगर । सूर्योदय नगर उद्योग वाणिज्य संघको शुक्रबार पशुपतिनगरमा सम्पन्न कार्यसमिति बैठकले संघअन्तर्गत दुई महत्वपूर्ण उपसमिति गठन गरेको छ।

    बैठकले धर्मकला दहालको संयोजकत्वमा महिला उद्यमी विकास समिति र संघका प्रथम उपाध्यक्ष प्रज्वल प्रधानको संयोजकत्वमा उद्योग उपसमिति गठन गर्ने निर्णय गरेको हो।

    संघका अध्यक्ष सुरेन पौडेलको अध्यक्षतामा सम्पन्न बैठकले महिला उद्यमी विकास समितिको सदस्यमा मिना ढकाल, लासाङ तामाङ, छिरिङ डोमा यल्मु तथा प्रमिला मोक्तानलाई चयन गरेको छ।

    संघका अनुसार बैठकबाट कुल ११ वटा निर्णय गरिएका छन्। बैठकमा संघका निर्वतमान अध्यक्ष प्रमोद राईसहित पदाधिकारी तथा कार्यसमिति सदस्यहरूको उपस्थिति रहेको थियो।

    बैठकमा सदस्यता विस्तार, संस्थागत विकास तथा उद्यमी–व्यवसायीहरूले भोग्दै आएका समस्या लगायतका विषयमा विस्तृत छलफल गरिएको संघले जनाएको छ।



    निगरानी    
  • २०८२ पुष ११, शुक्रबार २१:४९ गते
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP