logo
  • २०८३ जेष्ठ १६, शनिबार | Sat, 30 May 2026
  • कृषि , पर्यटन ,जलवायु अनुकुलन र नागरिकमैत्री शासन प्रणाली इलाम कांग्रेसको प्रतिबद्धता

    • निगरानी
    • २०८२ फाल्गुन १२, मंगलवार २२:२४ गते
    कृषि , पर्यटन ,जलवायु अनुकुलन र नागरिकमैत्री शासन प्रणाली इलाम कांग्रेसको प्रतिबद्धता

    इलाम , १२ फागुन :नेपाली कांग्रेस इलामले प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागि तयर गरेको  प्रतिबद्धतापत्र आज इलाममा  पत्रकार सम्मेलनमार्फत  सार्वजनिक गरिएको छ । प्रतिबद्धतापत्रमा पुर्वधार , कृषि , पशुपालन र रोजगारी , पर्यटन , शिक्षा स्वास्थ , प्राकृतिक स्रोत र वातावरण , सुशासन लगायतका विषय समेटिएको ।प्रतिबद्धता पत्र  लेखन कार्यदलका संयोजक होम दुलालले बताउनु भयो ।

    प्रतिबद्धतापत्रमा पार्टीले पूर्वजहरूको त्याग र बलिदानलाई स्मरण गर्दै नयाँ पुस्ताको परिवर्तन चाहनालाई आत्मसात गरेको उल्लेख गर्दै नागरिकले अनुभुति गर्ने गरि परिवर्तन ल्याउले प्रतिबद्धता व्यक्त गरेको छ। कृषि र पर्यटनमा नवीन प्रतिबद्धता सहित प्रस्तुत भएको काङ्ग्रेसले विश्वमा जल्दोबल्दो रुपमा रहेको जलवायु परिवर्तनको प्रभाव न्यूनीकरण र अनुकुलनमा काम गर्ने कुरा प्रतिबद्धता गरेको छ ।

    पारदर्शिता, जनसहभागिता र नियमित सार्वजनिक परीक्षणलाई अनिवार्य गर्ने उल्लेख छ  । सबै तहमा हुने  सेवा सुविधालाई छिटो छरितो , पारदर्शी , प्रबिधि मैत्री , भष्टचारमुक्त,  नागरिकमैत्री शासन प्रणाली स्थापना गर्ने प्रतिबद्धता पत्रमा उल्लेख गरेको छ
    मालपोत, नापी, नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्र र पान कार्ड  जस्ता आधारभूत सेवा स्थानीय तहबाटै उपलब्ध गराउने उल्लेख छ।

    ‘एक पालिका-एक उद्योग’ अवधारणा सहित चिया, कफी, अलैँची, अदुवा, अकबरे खुर्सानी, किवी, जडीबुटी, दुध र फलफूल जस्ता स्थानीय उत्पादनको प्रशोधन र बजारीकरण गर्ने प्रतिबद्धता छ्न । कृषि पशुपालनमा सहुलियत सहित बादर लगायत बन्यजन्तु बाट कृषि बाली जोगाउन बैकल्पिक कृषिको अवधारणा छ्न  ।
    नयाँ पर्यटन करिडोर विकास , ‘एक पालिका एक उद्योग’ , एक वडा एक नमुना उत्पादन , गाउँमा नै रोजगारी गाउँमा नै धन ,इलाममै उपचार इलाम बासीको अधिकार  र हाम्रो धर्ती हाम्रो प्रकृति यसै बाट इलामको समृद्धि जस्ता नारा सहित नवीन कार्यक्रम गर्ने प्रतिबद्धता काङ्ग्रेसको रहेको छ ।
    ‘पत्रकार सम्मेलनमा पार्टीका जिल्ला सचिव पूर्णप्रसाद गौतम, निरोज खड्गीले प्रष्ट पार्नु भएको थियोे ।प्रतिबद्धता पत्र  लेखन कार्यदलका संयोजक होम दुलालले प्रस्तुत गर्नु भएको थियोे । कांग्रेसले प्रत्यक्षमा इलाम क्षेत्र नं. १ मा  निस्कल राई र क्षेत्र नं. २ मा  भेषराज आचार्यलाई र  समानुपातिक तर्फ प्रेमिका रानामगरलाई उम्मेदवार बनाएको छ ।



    निगरानी    
  • २०८२ फाल्गुन १२, मंगलवार २२:२४ गते
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP