सूर्योदय नगरपालिकाको क्वारेन्टिनमा मुत्यु भएका युवकको पिसिआर रिर्पोट नेगेटिभ

Share This
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
सूर्योदय नगरपालिकाको क्वारेन्टिनमा मुत्यु भएका युवकको पिसिआर रिर्पोट नेगेटिभ

इलाम भाद्र १
इलामको सूर्योदय नगरपालिकाको क्वारेन्टिनमा मुत्यु भएका युवकको पिसिआर रिर्पोट नेगेटिभ आएको नगरपालिकाका कोभिड १९ फोकल पर्सन विपुल अधिकारीले बताउनु भयो । सूर्योदय नगरपालिकाको करफोक क्वारेन्टिनमा रहेका २२ वर्षिय युवाको गए राति मृत्यु भएको थियो । भारतको हैदराबादबाट गत साउन २६ गते नेपाल आएर क्वारेन्टिनमा बस्दै आएका थिए । उनको गत साउन ३० गते स्वाब संकलन गरी परीक्षणको लागि झापाको मेची अञ्चल अस्पताल भद्रपुर पठाइएको थियो । गएराति स्वास्प्रस्वासमा समस्या आई विरामी परेका उनको प्राथमिक स्वास्थ्य चौकीका चिकित्सकले क्वारेरिन्टनमा उपचार गरेका थिए ।