logo
  • २०८३ बैशाख ९, बुधबार | Wed, 22 Apr 2026
  • इलाम गोल्डकप : डिफेन्डिङ च्याम्पियन एनआरटी अन्तिम चारमा 

    इलाम गोल्डकप : डिफेन्डिङ च्याम्पियन एनआरटी अन्तिम चारमा 

    इलाम , बैशाख ८:डिफेन्डिङ च्याम्पियन न्यूरोड टिम (एनआरटी)  इलाममा जारी तेस्रो इलाम गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । इलामको ठुलो टुडिखेलमा भएको  प्रतियोगितामा चित्लाङ फुटबल क्लबलाई १ – ० ले पराजित गर्दै एनआरटीले अन्तिम चारमा स्थान सुरक्षित गरेको   हो ।
    एनआरटीको जीतमा आदित्य शाक्यको गोल नै निर्णायक बन्यो । खेलको १८ औ मिनेटमा आदित्य शाक्यले  प्रहार गरेको फ्री किक गोलमा परिणत भएपछि एनाआटीले अघिल्लो चरणको यात्रा तय गर्‍यो ।  आजको खेलमा ‘प्लेयर अफ द म्याच’  एनआरटीका आदित्य शाक्य बने । उनले नगद ८ हजार एक सय र ट्रफी  प्राप्त गरेका छ्न ।


    आजको अन्तिम क्वाटरफाइनल खेल सम्पन्न भए  संगै सेमिफाइनल   समीकरण पुरा भएको छ ।
    प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा बुधबार मछिन्द्र एफसी र पथरी–११ भिड्दैछन् । मछिन्द्रले एन पेनाङ मलेसिया र पथरीले घरेलु टिम रेडहर्स एफसीलाई टाइब्रेकरमा हराउँदै अन्तिम ४ मा स्थान सुरक्षित गरेका हुन् । दोश्रो सेमिफाइनल खेलमा एनआरटीले रोलिङ क्लब धुलाबारीसंग प्रतिस्पर्धा गर्नेछ । रोलिङले क्वाटरफाइनलमा पाँचथर फुटबल  क्लबलाई  ३–० गोल अन्तरले हराउँदै अन्तिम ४ मा स्थान सुरक्षित गरेको थियो ।
    बैशाख ५ गतेदेखि सुरु भएको प्रतियोगिता  १२ गतेसम्म संचालन हुनेछ । रेड हर्ष फुटबल क्लबद्वारा आयोजित  प्रतियोगिताको  विजेताले नगद  १० लाख र उपविजेताले नगद  ५ लाख प्राप्त गर्नेछन् ।



    निगरानी    
  • २०८३ बैशाख ८, मंगलवार २२:४७ गते
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP