logo
  • २०८३ असार ११, बिहीबार | Thu, 25 Jun 2026
  • राष्ट्रिय महिला भलिबल टोली थाइल्याण्ड जादै

    • निगरानी
    • २०७६ आश्विन २८, मंगलवार ०८:४० गते
    राष्ट्रिय महिला भलिबल टोली थाइल्याण्ड जादै

    काठमाडौँ / नेपालमा आयोजना हुने १३औँ दक्षिण एशियाली खेलकूद (साग) को तयारीका लागि राष्ट्रिय महिला भलिबल टोली थाइल्याण्ड जाने भएको छ। अरुणा शाहीको कप्तानीमा रहेको २२ सदस्य नेपाली टोली वैदेशिक प्रशिक्षणका लागि भोलि त्यतसर्फ प्रस्थान गर्ने नेपाल भलिबल सङ्घले जनाएको छ।

    सङ्घद्वारा आज यहाँ आयोजित बिदाइ कार्यक्रममा राष्ट्रिय खेलकूद परिषद् (राखेप) का सदस्य सचिव रमेशकुमार सिलवाल, आयोजक सङ्घका अध्यक्ष मनोरञ्जनरमण शर्मा, महासचिव जीतेन्द्रबहादुर चन्द लगायतले बिदाइ गरे।कार्यक्रममा राखेप सदस्य सचिव सिलवालले राखेपले भलिबल खेललाई महत्व दिँदै आएको भन्दै घरेलु मैदानमा नै आयोजना हुने १३औँ सागमा नेपालले पदक ल्याउने गरी तयारी गर्न भलिबल टोलीलाई आग्रह गरे।

    उनले सागपछि नेपालमै भलिबल खेलको अन्तर्राष्ट्रियस्तरको प्रतियोगिता आयोजना गर्ने तयारी राखेपले गरेको जानकारी दिए। त्यस्तै, भलिबल सङ्घका महासचिव चन्दले सागमा पदक भित्र्याउनका लागि पनि खेलाडीलाई अन्तर्राष्ट्रिय प्रशिक्षण आवश्यक हुने बताए । साग आगामी मङ्सिर १५ देखि २४ गतेसम्म हुनेछ। रासस



    निगरानी    
  • २०७६ आश्विन २८, मंगलवार ०८:४० गते
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP