logo
  • २०८१ चैत्र ६ | Wed, 19 Mar 2025
  • मानेभञ्ज्याङलाई स्तब्ध पार्दै आर्मी दोस्रो अन्तर्राष्ट्रिय आमन्त्रित महिला गोल्डकपको सेमिफाइनलमा

    मानेभञ्ज्याङलाई स्तब्ध पार्दै आर्मी दोस्रो अन्तर्राष्ट्रिय आमन्त्रित महिला गोल्डकपको सेमिफाइनलमा

    इलाम फागुन १९ :मानेभञ्ज्याङलाई स्तब्ध पार्दै विभागीय टिम त्रिभुवन आर्मी दोश्रो अन्तराष्ट्रिय आमन्त्रण महिला गोल्डकपको सेमिफाइनल प्रवेश गरेको छ । क्लब ओएसिसको आयोजनामा इलामको ठूलो टुडिखेलमा भइरहेको प्रतियोगितामा डिफेन्डिङ च्याम्पियन मानेभञ्ज्याङ फुटबल क्लब भारतलाई ४ -० गोल अन्तरले पराजित गरेको छ ।
    आर्मीको तर्फबाट बिमला चौधरीले खेलको पहिलो गोल गरेकी थिइन । आर्मीको जीतमा चन्द्रा भण्डारीले २ गोल गरिन भने सुमित्रा लिङ्दमले एक गोल गरिन ।
    आजको प्लेयर अफ द म्याच चन्द्रा भण्डारीबनिन उनले नगद ५ हजार प्राप्त गरिन ।
    नेपाली राष्ट्रिय टिमका खेलाडीले भरिएको आर्मी र भारतको समेत राष्ट्रिय टिमका खेलाडी रहेको मानेभञ्ज्याङ बीचको आजको खेल निकै रोमाञ्च रहेको थियोे । पहिलो हाफमा निकै प्रतिस्पर्धात्मक रहेको खेल दोसो हाफ पछि आर्मीले मानेभञ्ज्याङलाई दवाबमा राख्यो ।
    फागुन २४ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा नेपाल र भारतका गरी आठ टीम सहभागी छन ।   नेपालको विभागीय टिमहरू त्रिभुवन आर्मी फुटबल क्लब, एपीएफ फुटबल क्लब र नेपाल पुलिस फुटबल क्लब  सहभागी हुदैछन । यसैगरी  पदमा स्पोटिङ क्लब ओखलढुङ्गा, बागमती युथ क्लब सर्लाही, आयोजक क्लब ओएसिस सहभागी हुदछन भने भारतको मानेभञ्ज्याङ फुटबल क्लब र मदरटेरेसा फुटबल क्लब सहभागी हुदैछन ।  
    प्रतियोगिताको विजेताले नगद ४ लाख हात पार्नेछ भने उपविजेताले २ लाख नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगिता सम्पन्न गर्न ५० लाख बढी अनुमानित लागत रहेको आयोजकले जनाएको छ । भोलिको खेल एपीएफ क्लब काठमाडौ र मदरटेरेसा फुटबल क्लब युपी भारत बीच हुनेछ ।



    निगरानी    
  • २०८१ फाल्गुन १९, सोमबार १७:१०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP