logo
  • २०८३ जेष्ठ २६, मंगलवार | Tue, 09 Jun 2026
  • चौथो सिजनमा यी अभिनेत्री बन्नेछिन् ‘नागिन’

    • निगरानी
    • २०७६ कार्तिक ४, सोमबार ०९:०२ गते
    चौथो सिजनमा यी अभिनेत्री बन्नेछिन् ‘नागिन’

    मुम्बइ। एकता कपुरको शो नागिनको चौथो सिजनको फ्यानहरुले प्रतिक्षा गरिरहेका छन् । पहिलो २ सिजनमा मौनी रोय र तेस्रो सिजनमा सुरभी ज्योतिले नागिनको भूमिका निभाएका थिए । नागिन ४ मा मुख्य भूमिकामा को हुने भन्ने विषयमा चर्चा चलिरहेका बेला नागिन ४ को लागि निया शर्मालाई साइन गरिएको रिपोर्टमा दावी गरिएको छ ।

    समाचारअनुसार नागिन ४ को लागि निया शर्मा फाइनल भइसकेकी छिन् । पछिल्लो समय निया शर्मालाई टिभी शो ‘इश्क में मरजावां’मा मुख्य भूमिकामा देखिएको थियो । निया शर्मा कैयौं चर्चित टिभी शोमा देखिइसकेकी छिन् । नागिन ४ उनको करिअरको पहिलो सुपरनेचुरल शो हुनेछ । यसबारे नियाले अहिलेसम्म कुनै आधिकारिक बयान भने दिएकी छैनन् ।



    निगरानी    
  • २०७६ कार्तिक ४, सोमबार ०९:०२ गते
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP