logo
  • २०८३ भाद्र २३, मंगलवार | Tue, 08 Sep 2026
  • मेचीराजमार्ग अन्तर्गत माइखोला राजदुवाली आंशिक खुल्यो

    • निगरानी
    • २०८२ कार्तिक १४, शुक्रबार ११:४३ गते
    मेचीराजमार्ग अन्तर्गत  माइखोला राजदुवाली आंशिक खुल्यो


    इलाम कार्तिक १४ :बर्षा पछि अबरुद्ध मेची राजमार्ग अन्तर्गत माईखोला राजदुवाली संचालनमा आएको छ । स्थानीय प्रशासनले इलाम जिल्लाभर मेची राजमार्गमा बिहीबार साँझ ७ बजे देखि शुक्रबार बिहान ६ बजेसम्मका लागि सवारी सञ्चालनमा रोक लगाएको थियो । निरन्तरको बर्षा पछि बिहान खुला गरिने भने पनि सडक अबरुद्ध भएको थियो । मर्मत पछि साना सवारी एकतर्फी सुचारु गरिएको छ ।
    शनिबार इलाममा लोकसेवा परीक्षा भएकोले इलामको राजमार्ग सुचारु गर्ने बारे गम्भीर भएको प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले बताउनु भएको छ । माईखोला राजदुवाली सडक निरन्तरको बर्षाले भासिने , दबिने र चिरिने भइरहेको कारण रोक लगाएको सडक लोकसेवा परिक्षा भएको कारण केही मर्मत गरि मोटरसाइकल र जीप आज साझ ५:३० बजे सम्मको लागि खुलाइएको जिल्ला प्रशासनले सुचना नै जारी गरेको छ । अन्य सवारी संचालन बारे अर्को सुचना जारी नभए सम्म सडक बन्द नै रहने सुचनामा उल्लेख गरिएको छ । भोली इलाम केन्द्रमा लोकसेवा परिक्षा दिन आउनेहरुले अनिवार्य परिचय पत्र र प्रवेश पत्र अनिवार्य साथमा राख्नु पर्ने प्रशासनले जनाएको छ ।
    निरन्तरको बर्षा पछि सडक अबरुद्ध हुँदा लोकसेवा परिक्षा केन्द्र इलाममा आउने परीक्षार्थी अन्योलमा रहेका थिए यद्यपि परिक्षा पुर्व निर्धारित भएको सन्चालन हुने लोकसेवा आयोग इलामका प्रमुख पुष्कर भट्टराईले बताउनु भएको छ । लोकसेवा परिक्षामा २४ सय ४६ जना सहभागी हुदैछन । ११ वटा केन्द्रमा परिक्षा सन्चालन हुने जनाइएको छ ।

    असोज १८ गतेको बाढीपहिरोपछि मेची राजमार्ग अन्तर्गत माइखोला राजदुवाली खण्ड सहित विभिन्न सडक खण्डमा जोखिम कायमै छ । बाढीपहिरोले कमजोर भएको जमिनमा जोखिम बढ्ने भएपछि स्थानीय प्रशासन , स्थानीय सरकार लगायत सरोकारवाला सबैले सजग रहन आग्रह गरी रहेका छ्न ।



    निगरानी    
  • २०८२ कार्तिक १४, शुक्रबार ११:४३ गते
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    कोरोना भाइरसबाट बच्न निगरानी डटकमद्धारा जारी सन्देश …कुनै व्यक्ति, वस्तु वा सामान छुनु पहिले र छोइसकेपछि साबुन पानीले राम्रोसँग हात धुने । अनावश्यक रुपमा घर वाहिर र भिडभाडमा नजाने, भिडभाड नगर्ने र गर्न नदिने । खोक्दा र हाछ्युँ गर्दा नाक र मुख कुहिनोले छोप्ने । जंगली तथा घरपालुवा पशुपंछिसँगको असुरक्षित सम्पर्कबाट टाढा रहने । बाहिरबाट आयातित माछामासु सकेसम्म उपभोग नगर्ने । जथाभावी मुख, आँखा, कान, नाक नछुने । दैनिक उपभोग सामान खरिद गर्न वाहेक बजार र हाटबजार नजाने । विदेश वा अन्य जिल्लाबाट आएका संकास्पद व्यक्तिहरु कम्तिमा १५ दिनसम्म अन्य व्यक्तिसँगको सम्पर्कबाट टाढा रहने । ज्वरो, रुघा र खोकी तथा श्वासप्रश्वासमा समस्या भएमा चिकित्सकसँग परामर्श गर्ने ।सामान्य किसिमको मौसमी विराम उपचारको लागि स्वास्थ्य चौकीमा भिडभाड नगर्ने । आवश्यक परेमा सञ्चार सेवाबाट परामर्श लिने । खाद्यसामाग्री तथा अत्यावश्यक वस्तु र औषधिजन्य पदार्थको अनावश्यक खरिद गरी जम्मा नगर्ने र गर्न नदिने । घरेलु प्रयोगमा आउने एल।पी। ग्यासको सट्टामा वैकल्पिक उर्जाको प्रयोग गर्ने । अफवाह फैलाउने, त्रास फैलाउने र गलत सूचना प्रवाह नगर्ने । ज्येष्ठ नागरिक, गर्भवती महिला, बालबालिका र दीर्घरोगीलाई विशेष निगरानीमा राख्ने ।दैनिक योग, व्यायाम गर्ने र रोग प्रतिरोधात्मक क्षमता बढाउने खानेकुरा उपभोग गर्ने । बजारमा कालोबजारी गरेको तथा अत्यावश्यक वस्तु लुकाईराखेको भेटिए नजिकको प्रहरी चौकीमा जानकारी गराउने । निगरानी डटकम
    ताजा अपडेट
    TOP