logo
  • २०८१ फाल्गुन ५ | Mon, 17 Feb 2025
  • मुसाले जाँड खाएपछि…

    मुसाले जाँड खाएपछि…

    निक्कै दिनदेखि मासु खान नपाएको बिरालो मुसाको खोजीमा लागेको थियो । यही बेला एउटा मुसो जाँडको घ्याम्पोमा छिर्‍यो । यो दृश्य बिरालोले देखिरहेको थियो । बिरालो मौका यही हो भनेर घ्याम्पो नजिक पुग्यो ।

    नजिकै बिरालो देखेपछि ज्यान नै गुमाउन लागेको मुसोले चिच्याउँदै भन्यो ।


    मुसो- बिरालो दाइ, बिरालो दाइ । मलाई बाहिर निकाल्दिनुस् न ।


    बिरालो- निकाल्न त निकालौंला तर, एक प्रस्ताव छ । तिमीलाई बाहिर निस्केपछि मैले खान पाउनुपर्छ ।


    मुसो- हुन्छ । म यही मर्न लागेँ । बरु बाहिर निस्केपछि तपाईंले जे गरेपनि हुन्छ ।

    यो प्रस्ताव मुसाले मानेपछि बिरालोले घ्याम्पो लडाइएछ । मुसो पनि घ्यामेपोवाट फुत्त निस्केर दुलो भित्र छिर्‍यो । यो देखेर बिरालो छक्क पर्‍यो ।

    मुसो- घ्याम्पाबाट बाहिर निकालेकोमा धन्यवाद बिरालो दाइ ।


    बिरालो – (रिसले चुर भएको बिरालोले जङ्गिदै) अघि तैले के भनेको थिइस ?


    मुसो- (नम्र भएर भनेछ) आ दाइ छाडिदिनुहोस् अघि जाँड लागेका बेला के–के भनेँ–भनेँ नरिसाउनु है ।यति भनेर मुसो दुलोभित्र पसेछ । बिरालो फ्ल्याँट ।



    निगरानी    
  • २०७६ कार्तिक १३, बुधबार ११:१३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP