शुभारम्भ

शुभारम्भ

हरेक दिनको महत्व हुन्छ । आजको दिन भने तीनवटा महत्व बोकेर आएको छ । हामी सन् २०२० मा प्रवेश गरेका छौ । आजकै दिन राष्ट्रिय मेलमिलाप दिवस परेको छ । अनी आज टोपी दिवस पनि हो । नेपालको सन्दर्भमा आजैबाट भ्रमण बर्ष २०२० प्रारम्भ भएको छ । सबै सन्दर्भको विचबाट निगरानी डट कमले आफ्नो नियमीत सेवा शुरु गरेको छ । निगरानी जन्मदै गर्दा देशमा आशा र निराशाका बादलहरु देखिदै छन् । राष्टियता, लोकतन्त्र र जन आकांक्षाहरु माथी नियमीत जस्तो प्रहार भइरहेको अवस्था छ । भ्रष्टाचार, अराजकता, कुशासनले संस्थागत रुप ग्रहण गर्दैछ । नागरिकमा चरम निराशा छ । महंगी, कर र भयले नागरिक निदाउन नसक्ने अवस्थामा पुगेका छन् । तीन तहको सरकारमा जवाफ देहिताको चरम अभाव खड्कीएको छ । लाग्छ सरकार सपनाको खेती गर्न व्यस्त छ । प्रतिपक्ष आफ्नै भुमरिमा हराएको छ । नागरिक समाज पुरै विभाजीत भएर भजन मण्डलीमा परिणत भएको छ । मुलुकको सिमाना संकुचीत हुँदैछ । यतीवेला चालीनुपर्ने कुटनीतिक कदमहरुमा पुरै देश चुकेको जस्तो आभाष हुनथालेको छ । निगरानी टिमलाई लाग्यो अब हामीपनि बोल्नु पर्छ । समृद्ध नेपालको सपना साकार बनाउन सधै रमिते बन्न सकिदैन । नागरिकको आशा र गुनासाहरुलाई सत्ता सञ्चालकको कानमा पु¥याउन र सत्ताका खबरहरु नागरिक समक्ष ल्याउनका लागि सेतुको रुपमा हामीले आफ्नो उपस्थिती आवश्यक ठान्यौ । हामी ठूलो केहिगर्न हैन ‘राम्रो गर्न’ आएका हौ ।

निगरानी डटकम साइनिङ स्टार मिडिया प्रा लि द्वारा सञ्चालित नेपालको डिजिटल पत्रिका हो । यसले समाचार बन्ने कुरालाई समाचारको रूपमा, विचारलाई विचारकै रूपमा र विज्ञापनलाई विज्ञापनको रूपमा प्रकाशन गर्ने छ । साच्चैको पत्रकारीता हाम्रो ध्येय हो ।
हामी सबैबाट साथ, सहयोग र हौसला पाउने कुरामा विश्वस्त छौ । सन् २०२० शुखमय बनोस, भ्रमण बर्ष सफल होस । नेपालीले वास्तविक मेलमिलाप र उन्नतीको अनुभव गर्न पाउन । सबैको जयहोस ।


साइनिङ स्टार मिडिया प्रा। लि।
सूर्योदय नगरपालिका १० फिक्कल , इलाम