चैत ३०, इलाम । लकडाउनका बेला पनि लागूऔषध ओसारपसारमा संलग्नहरु सक्रिय रहेको पाइएको छ । विभिन्न नामका लागूऔषध र लागूपदार्थ ओसार्नेहरु पक्राउ परिरहेकोबाट यो पुष्टि भएको छ । इलाम माइ नगरपालिका २ का ४३ वर्षीय कमल श्रेष्ठ र सूर्योदय नगरपालिका २ का २८ वर्षीय सन्दिप राई ब्राउनसुगर नामको लागू पदार्थसहित पक्राउ परेका छन् ।
झापाको मेचीनगर नगरपालिका १० मा मे ११ प २५८५ नम्बर मोटरसाइकलमा सवार उनीहरुलाई नियन्त्रणमा लिएर जाँच गर्दा ९ ग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ । दुवैलाई इलाका प्रहरी कार्यालय धुलाबारीमा राखेर कानुनी कारबाही अघि बढाइएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया