logo
  • २०८१ चैत्र ७ | Thu, 20 Mar 2025
  • विवादास्पद अध्यादेश खारेज

    विवादास्पद अध्यादेश खारेज

    काठमाडौं :  आलोचनापछि मन्त्रिपरिषद्लले फिर्ता लिएका राजनीतिक दल र संवैधानिक परिषद् सम्बन्धित दुवै अध्यादेश खारेज भएका छन्।

    शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले दल विभाजनलाई खुकुलो पार्ने  र संवैधानिक परिषदमा प्रतिपक्षको भूमिकालाई निषेध गर्ने अध्यादेश फिर्ता लिने निर्णय गरे लगत्तै राष्ट्रपतिले दुवै अध्यादेश खारेज गरेकी हुन् । 

    राष्ट्रपति भण्डारीले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७ र राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७७ खारेज गरेको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले जानकारी दिए । 



    निगरानी संवाददाता    
  • २०७७ बैशाख १२, शुक्रबार १०:४२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP