logo
  • २०८१ चैत्र ६ | Wed, 19 Mar 2025
  • भारतीय हस्तक्षेपको विरोध गर्दा पक्राउ परेका नेका कार्यकर्ता रिहा

    भारतीय हस्तक्षेपको विरोध गर्दा पक्राउ परेका नेका कार्यकर्ता रिहा


    इलाम : भारतले लिपुलेक क्षेत्रमा नेपाली भुमि मिचेर सडक बनाएको विरोधमा इलाम सदरमुकाममा प्रर्दशन गर्न खोज्दा प्रहरीले पक्राउ गरेका प्रमुख प्रतिपक्षी नेपाली काङ्ग्रेसका दुई जना कार्यकर्ता रिहा भएका छन् ।
    नेपाल तरुण दल र नेपाल विद्यार्थी संघको आयोजनामा प्रर्दशनको तयारी हुँदा अपरान्ह ५ बजे पार्टीका जिल्ला सचिव निरज खड्गी र नेपाल विद्यार्थी संघका जिल्ला अध्यक्ष प्रकाश भट्टराईलाई पक्राउ गरेको दुई घण्टा पछि रिहा गरेको नेपाली काङ्ग्रेसका जिल्ला सचिव खगेन्द्र देवानले जानकारी दिए ।
    प्रदर्शनको तयारीका क्रममा प्रशासनले हस्तक्षेप भएपनि कोणसभा भएको देवानले जानकारी दिए । पक्राउ पर्नु भन्दा आठ घण्टा अघि सचिव खड्गीले आफ्नो फेसबुक प्रोफाइलमा ‘उग्र राष्ट्रवादीको लम्पसारवादी अवतार विरुद्ध’ र ‘भारतीय मिचाहा प्रवृत्ति विरुद्ध कालोझण्डा लेखिएको प्रोफइल पिक्चर राखेका थिए ।
    नेवि संघका अध्यक्ष भट्टराईले पक्राउ पर्नु भन्दा तीन घण्टा अघि इलाम चोक बजारमा साँझ भेला भएर भारतिय हस्तक्षेप र लम्पसारवादी सरकारको भण्डाफोर गर्न आव्हान गरेका थिए ।
    सचिव देवानले सरकारले भुमीको रक्षाका लागि आवाज उठाउनेलाई रोकेर लम्पसारवादी चरित्र देखाएको आरोप लगाए । रिहा भएपछि सचिव खड्गीले विना कारण पक्राउ गरेर राष्ट्रिवादी आवाज दवाउने प्रयास गरेको प्रतिकृया दिए । नेविसंघ अध्यक्ष भट्टराईले सरकारले आवाजलाई दवाएर भारतको मिचाहा प्रवृत्ति प्रति लम्पसारवाद प्रदर्शन गरेको प्रतिकृया दिए ।



    निगरानी संवाददाता    
  • २०७७ बैशाख २८, आईतवार १४:३१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP