logo
  • २०८२ बैशाख ५ | Fri, 18 Apr 2025
  • आजको भूकम्पबाट नेपालमा क्षति भयो कि भएन ?

    आजको भूकम्पबाट नेपालमा क्षति भयो कि भएन ?

    २३ पुस, काठमाडौं । नेपालमा कडा धक्का दिएको भूकम्पले क्षति पुर्‍याए/नपुर्‍याएकोबारे विवरण संकलनको काम भइरहेको अधिकारीहरुले बताएका छन् ।

    आज बिहान ६ बजेर ५० मिनेटमा नेपाल–चीन सिमानामा ७ म्याग्निच्युडको भूकम्प गएको थियो । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्पको केन्द्रविन्दु चीनको दिङ्गे काउन्टीमा थियो ।

    नेपालका भूगर्भविदहरुका अनुसार लोबुचे हिमालबाट ९३ किलोमिटर उत्तरतिर र तिब्बतको सिगात्सेबाट २८ किलोमिटर दुरीमा भूकम्पको इपिसेन्टर छ ।

    यससँग नेपालका नजिकका जिल्ला सोलुखुम्बु, संखुवासभा, दोलखा र ताप्लेजुङ पर्दछन् । ती जिल्लाका अधिकारीहरुले भूकम्पको कडा धक्का महसुस भएको र क्षति भए/नभएकोबारे बुझ्ने काम भइरहेको जनाएका छन् । स्थानीय तह र प्रहरी फौज रहेको स्थानहरुमा बुझ्दा अहिलेसम्म क्षतिको विवरण भने नआएको उनीहरुले बताएका छन् ।



    निगरानी    
  • २०८१ पुष २३, मंगलवार ०३:०७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP