logo
  • २०८१ चैत्र १४ | Thu, 27 Mar 2025
  • घुम्ने वहानामा एक युुवतीलाई जंगलमा लगि बलात्कार

    घुम्ने वहानामा एक युुवतीलाई जंगलमा लगि बलात्कार

    धरान । घुम्ने वहानामा एक युुवतीलाई जंगलमा लगि बलात्कार गरि फरार रहेका धरान–५ देउरालीका मिलन राईलाई प्रहरीले पक्राउ गरेको छ । १९ बर्षीय राईलाई गत असोज २६ गते देरालीबाटे नियन्त्रणमा लिई आज जिल्ला अदालत सुनसरीमा म्याद थप गरि अनुसन्धान शुरु गरिएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिएका छन् ।

    खोटाङ घर भएका राईले गत भदौं १८ गते साँझ ती किशोरीलाई ललाई फकाई बोलाई बगरकोट घुम्ने बहानामा सेउती खोला जँगलमा लगी जवरजस्ती करणी गरेको पीडितले बताइकी छन् । पछिल्लो पटक भदौं २२ गते बुढासुब्बा मन्दिरमा पीडितलाई छाडी फरार भएको प्रहरीले जनाएको छ । ती बालिकाको स्वास्थ्य परीक्षणसमेत गरिएको प्रहरीले जनाएको छ ।



    निगरानी    
  • २०७६ आश्विन २९, बुधबार ०८:५०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP