logo
  • २०८१ माघ ९ | Wed, 22 Jan 2025
  • प्रधानसम्पादक शिवाकोटीको शुरक्षा माग

    प्रधानसम्पादक शिवाकोटीको शुरक्षा माग

    इलाम । नेपाल प्रेस युनियनले युनियनका महासचिव एवं हाम्रा कुरा डट कमका प्रधानसम्पादक अजयबाबु शिवाकोटीको शुरषाको माग गरेको छ । युनियनका केन्द्रिय अध्यक्ष बद्री सिग्देलले विज्ञप्ति जारी गरेर यस्तो माग गरेका हुन् ।

    गत बिहिबार पहिलो पटक तत्कालीन सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकलप्रसाद बाँस्कोटाको सेक्युरिटी प्रेस खरिद प्रकरणमा कमिसन सम्बन्धी अडियो सार्वजनिक गरेपछि मन्त्री बाँस्कोटाले पदबाट राजिनामा दिईसकेको अवस्थामा शिवाकोटीलाई ज्यान मार्ने धम्की आएको युनियनले जनाएको छ ।
    ‘अडियो सार्वजनिक घट्नापश्चात महासचिव एवं प्रधानसम्पादक शिवाकोटीको निवास तथा कार्यालय आसपासमा केही अपरिचित व्यक्तिले शंकास्पद गतिविधि गर्ने गरेको र रेकी गरी फर्कने गरेपछि उहाँलाई असुरक्षा महशुस भएकोप्रति प्रेस युनियनको गम्भिर ध्यानाकर्षण भएको छ ।’ विज्ञप्तिमा उल्लेख छ ।
    युनियनले विभिन्न व्यक्तिहरुले उनलाई समाजिक सञ्जालमार्फत प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा धम्क्याउने र अपशब्द प्रयोग गर्ने गरेकोप्रति प्रेस युनियन खेद प्रकट गरेको छ । युनियनले भनेको छ ‘ त्यस्ता व्यक्तिलाई तत्काल कानूनी कारवाही गरी स्वतन्त्र र निर्वाध पत्रकारिता गर्ने वातावरणको ज्ञारेन्टि गर्न सरकारसँग माग गर्दछौ ।’
    मुलुक र जानताका पक्षमा समाचार लेख्ने र अनियमितता एवं भ्रष्टाचारका काण्ड सार्वजनिक गर्ने पत्रकारले राज्यबाट पुरस्किृत हुनुको सट्टा असुरक्षा महशुस गन सिंगो पत्रकारिता जगतका लागि दुःखद भएको युनियनको ठहर छ । युनियनले संविधानले ज्ञारेन्टि गरेको पूर्ण प्रेस स्वतन्त्रताको रक्षा गर्न र निर्वाध स्वतन्त्रतापूर्वक पत्रकारिता गर्ने वातावरण बनाउन सरकार तथा सम्बद्ध पक्षको ध्यानाकर्षण समेत गराएको छ ।



    निगरानी    
  • २०७६ फाल्गुन ११, आईतवार ११:०१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP