तीन दिने नेतृत्व बिकास तालीम इलाममा सम्पन्न

तीन दिने नेतृत्व बिकास तालीम इलाममा सम्पन्न

इलाम ,चैत १३ दलित जनप्रतिनिधिहरुको लागि तीन दिने नेतृत्व बिकास तालीम इलाम सदरमुकाममा शुक्रबार सम्पन्न भएको छ । इलाम नगरपालिकाका सबै वडामा निर्बाचित दलित महिला सदस्यहरुको क्षमता बिकास गर्ने उदेश्यले तालीम आयोजना गरिएको दलित महिला संघ इलामको अध्यक्ष बसन्ती घतानीले बताउनु भयो । तालिममा उद्घोषण कला , भाषण कला र नेतृत्व बिकास सम्बन्धि बिषयमा सन्चार्कर्मी सबिता पाण्डेले सहजीकरण गर्नु भएको थियोे । इलाम नगरपालिकाको सहयोगमा दलित महिला संघले आयोजना गरेको तालिममा ३०जनाको सहभागिता रहेको थियो ।