सहयात्रा नेपालद्धारा इलाम अस्पताललाई एन्टिजेन कीट सहित स्वास्थ्य सामाग्री हस्तातरण

सहयात्रा नेपालद्धारा इलाम अस्पताललाई एन्टिजेन कीट सहित स्वास्थ्य सामाग्री हस्तातरण


इलाम , साउन २७

कोभिड १९ दोस्रो लहर संक्रमण दर र मृत्युदर इलाममा बढी रहेको बेला परीक्षणको दायरा बढाउन सहयात्रा नेपाल संस्थाले इलाम अस्पताललार्ई एन्टिजेन कीट सहित स्वास्थ्य सामाग्री उपलब्ध गराएको छ । इलाममा रहेको संस्थाले बुधबार एक कार्यक्रमका बीच स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । संस्थाले ३ सय ५० थान एन्टिजेन कीट , सक्सन मेसिन ४ थान र पर्सनल प्रोटेक्टिभ इक्युमेन्ट (पिपिइ ) ५० थान उपलब्ध गराएको संस्थाको कोषाध्यक्ष सविता पाण्डेले बताउनु भयो । संस्थाकी अध्यक्ष हेमकुमारी शिवा र प्रमुख अतिथि इलाम नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष नरेश श्रेष्ठले इलाम अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्ट प्रभु शाहलाई सामाग्री हस्तान्तरण गर्नु भएको हो । संक्रमण दर बढी रहेका बेला कोरोना परिक्षण र नियन्त्रणम सघाउ पु¥याउन सामाग्री उपलब्ध गराएको संस्थाकी अध्यक्ष हेमकुमारी शिवाले बताउनु भयो ।

स्वास्थ्य सेवामा खटिइरहनु भएका स्वास्थ्य कर्मी हरुको सुरक्षाको लागि पर्सनल प्रोटेक्टिभ इक्युमेन्ट (पिपिइ) साथै इलाम अस्पतालमा सेवा लिने विरामीहरुको लागि सक्सन मेसिन उपलब्ध गराएको बताउनु भयो । टेवा संस्थाको आर्थिक सहयोगमा पाँचलाख बराबरको स्वास्थ्य सामाग्री हस्तान्तर गरिएको संस्थाले जनाएको छ ।
५० सैयाको इलाम अस्पतालमा जनशक्ति अभावमा सम्पुर्र्ण सेवा दिन सकीरहेको छैन । दुईवटा एचडियु सैया सहित ४२ सैयामा राखेर कोभिडका विरामीलाई उपचार गरीरहेको अस्पताल प्रशासनले जनाईएको छ । दुई सैया रहेको इन्टेन्सिभ केयर युनिट (आइआइसियु )सेवा लाई हाई डिपेन्डेन्सी युनिट (एचडियु) वार्ड बनाएर गत जेठको पहिलो सातादेखि सेवा संचालन गरिएको थियो । सिमित जनशक्तिको भरमा अस्पतालले हिम्मत गरेर सुरु गरेको एचडियु सेवा सफल भएको अस्पताल प्रशासनले जनाएको छ । कोरोना संक्रमणका बेला विभिन्न संघ संस्थाहरुले इलाम अस्पताललाई स्वास्थ्य सामाग्री र उपकरणहरु सहयोग गरी रहेको बताउदै डाक्टर प्रभु शाहले सहयात्रा संस्थाले जनस्वास्थ्यमा प्रत्यक्ष सहयोग पुग्नेगरी अस्पताललाई स्वास्थ्य सामाग्री उपलब्ध गराएको बताउनु भयो । वडा अध्यक्ष नरेश श्रेष्ठले कोरोना महामारीको बेला मानवीय स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा सहयात्राले महत्वपुर्ण सहयोग पु¥याएको भन्दै आगामी दिनमा पनि सहयात्रा संस्थाले सामाजिक कार्यमा स्थानीय तहले सहकार्य गर्ने बताउनु भयो ।

सहयात्राले कोरोना भाइरस महामारी दोस्रो लहर संक्रमणको कारण जारी निषेधधाज्ञामा रोजगारी गुमाएका दैनिक ज्यालादारी मजदुर , विपन्न , दलित , जनजाती तथा अपाङ्गता भएका परिवारलाई खाद्य सामाग्री सहयोग गरेको थियो । संस्थाले महिला, बालबालिका , अपाङ्ग, तथा वातावरणको क्षेत्रमा काम गर्दै आएको संस्थाकी सचिव सानु दासले बताउनु भयो । पछिल्लो समय जिल्लाको विभिन्न स्थानमा खानेपानी आयोजना , सिमसार संरक्षण , वातावरण संरक्षण , महिला सशक्तिकरणको क्षेत्रमा परियोजना संचालन गरी काम गरी रहेको छ ।